साउन ३० गते शुक्रबार अर्थात भोलि चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित द प्लाजा पुलचोक ललितपुरमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ आयोजना गर्न लागेको हो ।
‘डिजिटल सिनर्जी: ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ मुख्य थिम रहेको कन्क्लेभमा ८ बढी सेसनमा राष्ट्रिय, अन्तरास्ट्रिय विज्ञहरु सहित ५० बढी बक्ताहरु रहेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पावर संवाद समेत सञ्चालन हुनेछ । कन्क्लेभमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङ, सांसद तथा नेपाली काग्रेसका महामन्त्री गगन थापासहित सरकारी तथा निजी क्षेत्रका विभिन्न उच्च अधिकारीहरूको सहभागीता रहने छ ।
कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी इन्डस्ट्री डिस्कोर्स, पावर संवाद लगायतका सेसन हुनेछन् ।
कार्यक्रममा विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गूगलको समेत सहभागीता हुँदैछ । यस वर्ष कन्क्लेभमा शोधपत्र (रिसर्च पेपर) प्रस्तुतीको अवसर समेत प्रदान गरिएको छ । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका विभिन्न ८ क्षेत्रहरुलाई समेटेर रिसर्च पेपर र नवीन प्रविधि तथा पहलहरूलाई (डिजिटल इनिसिएटिभ्स)हरु प्रस्तुत हुनेछन् । कन्क्लेभमा १५ बढी डिजिटल इनिसिएटिभ्स(प्रडक्ट)हरु शोकेसमा पनि रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, नीति निर्माता, विज्ञ, उद्यमीसहित ५०० बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुन टिकट खरिद गर्न वा थप जानकारी लिन digitalconclave.org मा जान सकिने छ ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ई-गभर्नेन्स बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, गूगल, नेपाल टेलिकम, एनसेल, निमा एजुकेसन फाउन्डेसन, डायनामिक टेक्नोसफ्ट, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, ठ्याकराल वान, इसेवा, खल्ती बाई आईएमई, माभोरियन सिस्टम, स्काइ ब्रोडब्याण्ड, पिक एण्ड ड्रप, ई-ग्रुप, एनआईसीसीआई, गरिमा विकास बैंक, क्यान महासंघ लगायतका संस्थाहरूको पनि सहकार्य रहेको छ ।
आइसिटी फाउन्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ’ र मधेश प्रदेशमा एक दिने ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना गरेको थियो भने सातै प्रदेशमा डिजिटल साक्षरता सम्वन्धि अभियान ‘आइसिटी ज्ञान’ कार्यक्रम सञ्चालन गरेको थियो ।
डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल रुपान्तरणको लागि एउटा अर्थपूर्ण पहल/अभियान हो । यस कार्यक्रममा डिजिटल रुपान्तरणको लागि सरकारले गरिरहेको प्रयास, योजना र कार्यक्रमसंगै लक्ष्य प्राप्त गर्नको लागि गर्नुपर्ने सन्दर्भमा बृहत छलफल, प्रस्तुती र अन्तरक्रिया हुनेछ ।
सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउन्डेसनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासको लागि विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
हिमा अस अफसोर बन्यो हल्ट प्राइज पुल्चोक क्याम्पसको टाइटल स्पोन्सर
अपांगता भएका व्यक्तिहरूका लागि आयोजना भएको राष्ट्रियस्तरको ह्याकाथन सम्पन्न
काठमाडौँमा आइसिटी र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
आइसिटी अवार्ड २०२५ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, पब्लिक भोटिङ सुरू
सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ सम्पन्न, स्टार्टअप र इन्नोभेसनहरूको भव्य जमघट
कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मन्त्री दामोदर भण्डारी द्वारा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी उद्घाटन





