न्यु बिजनेस एज लिको आयोजनामा भएकोे ‘दशौं न्युबिज कन्क्लेभ एन्ड विजनेश एक्सलेन्स अवार्डस् –२०२६’ कार्यक्रम विभिन्न ९ कम्पनी तथा एक जना वरिष्ठ उद्यमीलाई सम्मान प्रदान गरेर आज काठमाडौमा सम्पन्न भएको छ ।
एशियन पेन्ट्स् नेपाल मुख्य प्रायोजक रहेको यो कार्यक्रम सन् २०१३ देखि हरेक वर्ष हँुदै आएको छ । भूकम्प, नाकावन्दी तथा कोभिडका कारण असहज भएका वर्षहरुमा भने यो कार्यक्रम हुन सकेको थिएन ।
यस वर्षको कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा. स्वर्णीम वाग्ले सहभागी भएका थिए भने भारतको नीति आयोगका पूर्व उपाध्यक्ष तथा पहेले इन्डिया फाउन्डेशनका अध्यक्ष डा. राजीव कुमार ले कि नोट स्पिच दिएका थिए ।
कार्यक्रमको पहिलो सत्रमा ‘रिसेट, रिफर्मः राइज चार्जिग नेपाल्स ग्रोथ पाथ’ विषयमा सरकारी अधिकारी तथा विज्ञहरूबीच प्यानल छलफल आयोजना गरिएको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रोफेसर डा. सुदन झा, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा डोल्मा इम्प्याट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचर उक्त प्यानल छलफलमा सहभागी भएका थिए । छलफलको सहजीकरण पायोनियर ल एशोसियटस्का म्यानेजिंग पार्टनर अनुपराज उप्रेतीले गरेका थिए ।
छलफलमा नेपालले केही वर्षमा १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्रको लक्ष्य हासिल गर्न सक्छ वा सक्दैन, आगामी ५०० दिनलाई परिभाषित गर्ने सुधारहरू के हुनुपर्छ तथा विश्वका सफल उदाहरणहरूबाट नेपालले के सिक्न सक्छ भन्ने विषयमा केन्द्रित भएर विचार आदानप्रदान गरिएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिलाई प्रदान गरिने लाइफटाइम अचिभमेन्ट अवार्डसहित १० विधामा पुरस्कार प्रदान गरिएको थियो ।
सम्मानित कम्पनी तथा उद्यमीहरुको नाम र सम्मान यस प्रकार छ
लाइफटाइम एचिभमेन्ट इन बिजनेस लीडरशीप २०२६
श्री हरि प्रसाद पाण्डे, अध्यक्ष, नेपाल आदर्श निर्माण कम्पनी प्रा. लि.
बेष्ट म्यानेज्ड कम्पनी अफ द इयर २०२६
बेष्ट म्यानेज्ड आइटी कम्पनी अफ द इयर
कोडअभतार टेक प्रा. लि.
कफी इन्डस्ट्री लिडरसिप एण्ड ब्रान्ड एक्स्पान्सन अवार्ड
हिमालयन जाभा
हस्पिटालिटी ग्रोथ एण्ड इन्टरप्राईज एक्स्लेन्स अवार्ड
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी
बेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर २०२६
एभरेष्ट बैक
बेष्ट बैंक इन डिजिटल फाइनान्सियल सर्भिसेज २०२६
ग्लोबल आइएम्ई बैंक
बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर २०२६
गरिमा विकास बैंक
बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ द इयर २०२६
मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड
बेष्ट म्यानेज्ड जनरल (निर्जीवन) इन्स्योरेन्स कम्पनी अफ द इयर २०२६
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
बेष्ट म्यानेज्ड लाइफ (जीवन) इन्स्योरेन्स कम्पनी अफ द इयर २०२६
रिलाएबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
सम्मानित हुने उद्यमीहरु तथा व्यक्तिको छनोट सम्वन्धित क्षेत्रका विज्ञहरु सम्मिलित छुट्टाछुट्टै स्वतन्त्र निर्णायक मण्डलहरुले गरेका हुन् । यस क्रममा सम्वन्धित क्षेत्रका सक्रिय कम्पनी तथा व्यक्तिहरुमध्येबाट विभिन्न मापदण्ड तयार गरेर विभिन्न चरणमा सर्टलिष्टिंग गरिएको थियो ।
एशियन पेन्ट्स मुख्य प्रायोजक रहेको कार्यक्रममा पन्च इभी, एनसेल, एशियन लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, गरिमा विकास बैंक, होटेल मिस्टिक माउन्टेन, इसेवा, एमएडब्ल्यू हायर पर्चेज, सुबिसु र द सोल्टी काठमाडौँलगायतको सहयोग रहेको छ ।
न्यू बिजनेश एजले सन् २०१३ देखि निरन्तर न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रम गर्दै आएको छ । कम्पनीले गत फागुनमा न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस कार्यक्रम आयोजना गरेको थियो ।
कसले के भने ?
स्वर्णिम वाग्ले , अर्थमन्त्री
५ प्राथमिकता तय गदैछौँ । पहिलो प्राथमिकता सुशासन हुनेछ । माफियागिरी भयो विगतमा र नीतिगत कब्जा गरियो तर अब यस्तो हुन दिदैनौँ । सेवा प्रवाहमा वर्तमान सरकारको विशेष ध्यान जानेछ । अर्को भनेको आर्थिक पुनंसंरचनामा समेत सरकारले प्राथमिकताका साथ काम गर्ने गरी अघि बढेको छ । मुलुक विप्रेषणमा मात्रै निर्भर रहेकाले यसलाई घटाउने गरी वर्तमान सरकारले आर्थिक पुनरसंरचना गर्दैछ । तेस्रो प्राथमिकता भनेको हामीले कनेक्टिभिटीलाई राखेका छौँं । सडकदेखि डिजिटल पूर्वाधारलाई बनाउन सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढेको छ । मुलुकमा सामाजिक क्षेत्रमा लगानी बढाउन समेत हामीले काम गरिरहेका छौँ । पाँचौँ हाम्रो भनेको प्रवासीहरुलाई नेपालमा लगानीका लागि वातावरण बनाउन सरकारले काम गरिरहेका छौँं ।
०००
मदन लम्साल, न्यु विजनेश एज लिमिटेड
नेपालको अर्थतन्त्र अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । आर्थिक सुस्तता हटाउन र लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित गर्न साहसिक नीतिगत सुधार अपरिहार्य छ । देश अहिले निर्णायक मोडमा छ । अब पुराना सोच र कार्यशैलीबाट बाहिर निस्केर नयाँ ढंगले आर्थिक विकासको मार्ग तय गर्नुपर्छ । आर्थिक वृद्धि सुस्त हुँदै गएको र लगानीकर्ताको मनोबल कमजोर भइरहेको अवस्थामा अब प्राथमिकताहरू रिसेट गर्ने, साहसका साथ सुधार लागू गर्ने र वृद्धिको गतिलाई पुनः जागृत गर्ने समय आएको छ । सरकार, निजी क्षेत्र र नीतिनिर्माताबीच समन्वय र स्पष्ट दृष्टिकोण आवश्यक छ । आर्थिक रूपान्तरणका लागि व्यावहारिक सुधार र दीर्घकालीन रणनीतिमा जोड दिनुपर्छ ।
०००
सुधन झा, सदस्य राष्ट्रिय योजना आयोग
योजना आयोगलाई पुरानो ढर्राबाट मुक्त गर नतिजामा आधारित संस्था बनाइनेछ । मन्त्रालय र सरकारी संयन्त्रको कार्यक्षमता मापन गर्न मुख्य कार्यसम्पादन सूचक र डेलिभरीमा आधारित योजनाहरू लागू गरिनेछ । स्वदेशी डाटा सेन्टर निर्माणको वातावरण तयार गरिदैछ । डाटा सुरक्षा, डलर बचत र नेपालको विद्युत् खपत बढाउन सरकारले आफ्नै डाटा सेन्टरहरू स्थापना गर्ने गरी तयारी भइरहेको छ । सरकारी निकायहरूमा छरिएर रहेका डाटा लाई आपसमा जोड्न नेसनल लेभल डाटा एक्सचेन्ज लेयर निर्माणको काम हुँदैछ । आईटी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन र पलायन रोक्न हालको उच्च करको दरमा पुनरावलोकन र विशेष प्रोत्साहन नीति आवश्यक रहेको छ ।
०००
टिम गोचर, प्रमुख कार्यकारी अधिकृत (सीईओ) डोल्मा इम्प्याक्ट फण्ड
सरकारले वैदेशिक लगानी भित्राउन सहज वातावरण बनाउनुपर्छ , सहज नबनाउने हो भने लन्डन स्टक एक्सचेन्जजस्ता ठूला ठाउँबाट ऋणपत्र वा शेयरमार्फत ठूलो लगानी जुटाउन असम्भव छ । नेपालमा ऊर्जा र प्रविधि क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको अवस्था छ । हामीले प्रमाणित गरिसकेका छौं कि नेपालबाटै विश्वस्तरीय एआई सफ्टवेयर लेख्न सकिन्छ र पश्चिमा देशका ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सकिन्छ । अबको ठूलो अवसर भनेको नेपालको उच्च हिमाली क्षेत्रमा डेटा सेन्टरहरू स्थापना गर्नु हो । हाम्रो गणनाअनुसार यहाँको चिसो पानी, सस्तो सौर्य ऊर्जा र जलविद्युतका कारण अन्य ठाउँको तुलनामा डेटा प्रशोधन ३० प्रतिशत बढी प्रभावकारी र किफायती हुन्छ ।
०००
नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार
अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’ सञ्चालनमा
ख्वप कलेजको टोली फ्लक्सेलले जित्यो हल्ट प्राइज नेपाल २०२६ को राष्ट्रिय उपाधि
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

-1778381013.png)