नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित “इसेवा ह्याकाथन २०२६” भव्य रूपमा सम्पन्न भएको छ । यही जेठ १५ गतेदेखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको हो । इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो ।
नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ जना युवा प्रतिभाहरूबीच प्रतिस्पर्धा भएको थियो । सहभागी प्रतिस्पर्धी टोलीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधान तथा प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए ।
ह्याकाथनको निर्णायक मण्डलद्वारा गरिएको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन टोली छनोट गरिएको थियो। यसअन्तर्गत आदित्य कुमार साह तेली र पूजा यादव सदस्य रहेको टोली ‘कन्फ्युजन म्याट्रिक्स’ ले प्रथम स्थान हासिल गर्न सफल भयो । त्यसै गरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सबिन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ द्वितीय हुन सफल भयो भने इन्द्र प्रसाद सापकोटा, समीप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ ले तृतीय स्थान हासिल ग¥यो । ह्याकाथनमा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः रु. ३ लाख, रु. २ लाख र रु. १ लाख नगद पुरस्कार प्राप्त गरेको इसेवाले जनाएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ह्याकाथनका प्रतिस्पर्धीहरूको उत्साह तथा उनीहरूले प्रस्तुत गरेका समाधानहरूको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । साथै, उहाँले ह्याकाथनमा प्रस्तुत भएका समाधानहरूलाई आगामी दिनमा अधिकतम सदुपयोग गर्ने बताउनुभयो । “यहाँ युवाहरूले प्रस्तुत गरेका सिर्जनशील तथा नवप्रवर्तनात्मक समाधानहरूलाई भविष्यमा सदुपयोग गर्दै डिजिटल अर्थतन्त्र र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउन सकिने विश्वास लिएका छौँ ।” खड्काले भन्नुभयो, “नव प्रतिभाहरूको नवीन डिजिटल समाधान, ऊर्जा र सिर्जनशीलताले नै सुरक्षित र सुदृढ फिनटेक इकोसिस्टमको भविष्य तय गर्नेछ ।”
इसेवाले नवप्रवर्तन संस्कृतिको विकास, उद्यमशीलता प्रवद्र्धन तथा डिजिटल अर्थतन्त्रमा योगदानका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम
नौ ईआरपी कम्पनीसँग एपीआई बैंकिङ प्लेटफर्म र्यापिडको साझेदारी
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले निःशुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने
प्रा.डा. सुदन झा लगातार दोस्रो वर्ष विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा
