नेभिगेशन
गुड न्युज

५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं: अर्थन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले बजेटमा प्रयाप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले संबोधन गर्ने बताए।

उनले अहिलेको सरकार ५ वर्षकोलागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न आग्रह गरे। उनले आगामी आर्थिक वर्षको बजेट कार्यन्यन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रहस्थ उत्पादन पुग्ने बताए। भुकम्पपछि कुल ग्रहास्थ उत्पादनको तुलनामा ३७ प्रतिशतसम्म आएकोमा अहिले करिब प्रक्षेपित जिडिपिको २८ प्रतिशत मात्रै विनियोजन गरिएको बताए।

अर्थमन्त्री वाग्लेले १५ सय ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको बताउँदै ऋणमा धेरै भर नपरेको बताए। उनले जिडिपीको तुलनामा ऋण ४३ प्रतिशत बढी नहुने बताए। ७ प्रतिशतको आर्थिक वृद्धि २१ खर्ब २४ अर्बले मात्र नभई प्रक्षेपित ७४ खर्बको जिडिपिले गर्ने बताए। उनले बजार चलायमान बनाएर ७ प्रतिशत आर्थिक वृद्धि गर्न सक्ने बताए।

उनले आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम नभएको पुराना कार्यक्रमको दायित्व बढी हुँदा चाँपमा परेको बताए। सरकारले मुख्य राजमार्ग निर्माण सम्पन्न हुने भन्दै सिदार्थ राजमार्ग निर्माण अघि बढ्ने बताए। ‘अहिले बुटवलबाट पोखरा जाने सडक विस्तार गर्दा ३५ अर्ब लाग्छ,’ उनी भन्छन्,‘हामीले एक्सप्रेस वे बनाउनेकी भन्ने सोचेका छौं तर १ खर्ब लागत अनुमान छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज