विश्वकै सबैभन्दा ठूलो विद्यार्थी-आधारित स्टार्टअप प्रतिस्पर्धा ‘हल्ट प्राइज’ अन्तर्गत नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ आयोजना हुने भएको छ। आगामी मे ९, २०२६ मा काठमाडौंको St. Xavier’s College मा हुने राष्ट्रिय फाइनलमा देशभरका ४५ भन्दा बढी कलेजबाट छनोट भएका ५० भन्दा बढी विद्यार्थी-नेतृत्वका स्टार्टअपहरूले आफ्ना सामाजिक उद्यम (social entrepreneurship) का नवप्रवर्तनात्मक विचार प्रस्तुत गर्नेछन्।
हल्ट प्राइज एक अन्तर्राष्ट्रिय प्लेटफर्म हो, जसले युवाहरूलाई उद्यमशीलताको माध्यमबाट विश्वका जटिल सामाजिक समस्याहरूको समाधान खोज्न प्रेरित गर्छ। प्रत्येक वर्ष १ मिलियनभन्दा बढी विद्यार्थी यस अभियानमा सहभागी हुने गर्छन्। प्रतियोगिताको विजेता टोलीलाई १ मिलियन अमेरिकी डलरसम्मको seed funding प्राप्त गर्ने अवसर समेत हुन्छ।
नेपालमा यो प्रतियोगिता कञ्चनपुर, रुपन्देही, चितवन, वीरगञ्ज, पोखरा, काठमाडौं र धरान लगायतका विभिन्न शहरहरूमा विस्तार भइसकेको छ। यस वर्षका सहभागी टोलीहरू क्याम्पस-स्तरीय प्रतिस्पर्धा तथा अनलाइन छनोट प्रक्रियाबाट अगाडि बढेका हुन्।
नेशनल्स चरणमा विजेता हुने टोलीले ‘हुल्ट प्राइज डिजिटल इनक्युबेटर’ मा प्रवेश पाउनेछन्, जुन जून–जुलाईमा सञ्चालन हुन्छ। त्यसपछि उत्कृष्ट टोलीहरू ‘ग्लोबल एक्सेलेरेटर’ हुँदै ‘ग्लोबल फाइनल’ सम्म पुग्ने अवसर प्राप्त गर्नेछन्।
आयोजकहरूले यस वर्षको प्रतियोगिताका लागि प्रमुख मिडिया संस्थासँग आधिकारिक प्रसारण साझेदारी गर्ने योजना समेत बनाएको छ। यस अन्तर्गत राष्ट्रिय फाइनल पिच कार्यक्रमको प्रत्यक्ष प्रसारण, विजेता घोषणा गर्ने पहिलो अधिकार, तथा ५० भन्दा बढी स्टार्टअपहरूको यात्रा र कथालाई सार्वजनिक गर्ने अवसर समावेश हुनेछ।
कार्यक्रममा २० भन्दा बढी राष्ट्रिय स्तरका निर्णायकहरू सहभागी हुनेछन् भने ४५ जना क्याम्पस डाइरेक्टरहरूको नेतृत्वमा कार्यक्रम सञ्चालन हुनेछ।
हल्ट प्राइज नेपालले विद्यार्थीहरूलाई मात्र होइन, सम्पूर्ण उद्यमशील इकोसिस्टमलाई जोड्ने प्लेटफर्मको रूपमा काम गर्दै आएको छ। यसले संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDGs) सँग मेल खाने समाधानहरूलाई प्राथमिकता दिँदै युवाहरूलाई परिवर्तनका संवाहकका रूपमा अघि बढाउने लक्ष्य राखेको छ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






