आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको मुख्य प्रायोजकमा एसकेटी नेपाल प्रालि रहने भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।
बागमती प्रदेश सरकार, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, हेटौँडा सहआयोजक रहेको प्रदर्शनीलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएमपी) ले प्रवर्द्धन गर्नेछ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा रहनेछन्।‘कृषिमा यन्त्र र प्रविधि : किसान र राष्ट्रको समृद्धि’ भन्ने नारासहित आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि यन्त्र, उपकरण र प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ।
एसकेटी नेपालका कार्यकारी निर्देशक तथा नामियाका अध्यक्ष कृष्ण शर्माले कृषि यान्त्रीकरण क्षेत्रकै ठूलो प्रदर्शनी भएकाले एसकेटी नेपालले मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको बताए।उनले कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढाउँदै उत्पादन लागत घटाउन र उत्पादकत्व वृद्धि गर्न आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताए। किसानलाई नयाँ कृषि प्रविधि तथा उपकरणबारे प्रत्यक्ष जानकारी गराउने र प्रयोगका लागि प्रोत्साहित गर्ने उद्देश्यले प्रदर्शनीमा मुख्य प्रायोजकका रूपमा सहकार्य गरिएको उनको भनाइ छ।
“कृषिमा आधुनिक यन्त्र र प्रविधिको प्रयोग बढाउन सके उत्पादन लागत घटाउनुका साथै किसानको उत्पादकत्व र आम्दानी बढाउन सकिन्छ। किसानले एउटै स्थानमा विभिन्न प्रविधि र उपकरणबारे जानकारी तथा प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले यो प्रदर्शनी महत्वपूर्ण हुनेछ,” शर्माले भने।
नामियाका अनुसार प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ भने दुई हजारभन्दा बढी कृषि यन्त्र तथा प्रविधिजन्य सामग्री प्रदर्शन गरिनेछ। करिब २०० वटा स्टल रहने प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।
प्रदर्शनीले कृषि क्षेत्रमा आधुनिक यन्त्र तथा प्रविधिको पहुँच विस्तार गर्नुका साथै किसान, कृषि उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालाबीच प्रविधि र अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने आयोजकको अपेक्षा छ। प्रदर्शनीमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ। प्रदर्शनी मंसिर ४ देखि ६ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
डिजिटल नेपाल कन्क्लेभ २०२६ सम्पन्न, डिजिटल लचिलोपनदेखि एआई र डिजिटल अर्थतन्त्रसम्म छलफल
इन्द्रजात्रा २०८३ मा गल्ली म्याप्सको लाइभ लोकेसन र रिराउटिङसहित नयाँ फिचर
विद्यार्थीको करियर विकासलाई बलियो बनाउन प्राइम कलेज र इन्टर्नसाथीबीच सहकार्य
सेन्ट जेभियर्स कलेजमा ‘नेपाल अध्ययन संवाद २.०’ सम्पन्न
