यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा गत २० साउनमा बसेको विषयगत समितिको बैठको निर्णय अनुसार विभागले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गरेको हो ।
इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी चिप हुन्छ, जसले सवारीसाधनलाई ट्रयाक गर्न मद्दत गर्छ । यदी तपाईले इम्बोस्ड नम्बर प्लेट लिनु भएको छैन् भने आज हामी कसरी लिने र प्रक्रिया कस्तो छ भन्ने बारे जानकारी दिदैछौं ।
यस्तो छ इम्बोस्ड नम्बर प्लेट लिने प्रक्रिया
इम्बोस्ड नम्बर प्लेट लिन सुरूमा hsenp.dotm.gov.np मा जानुहोस् । यसमा यसअघि अकाउन्ट बनाउनु भएको छ भने सवारीसाधनको दर्ता नम्बर र पासवर्ड राखेर लगइन गर्न सक्नुहुनेछ । यदी बनाउनु भएको छैन् भने बायाँतिर रहेको ‘गेट स्टार्डेड’ गएर दर्ता नम्बर राखेर अकाउन्ट बनाउन सकिने छ । त्यसपछि लगइन गरेर आवश्यक विवरण राख्नुपर्नेछ ।
अनलाइन फारमसँगै सवारी धनी व्यक्ति भएमा फोटोसहितको अनलाईन फर्म, सवारीसाधन कार्यालय वा निजी कम्पनीको भएमा छापसहितको अनलाइन फर्म, सवारीसाधन सरकारी कार्यालयको नाममा भए कार्यालयको छापसहितको पत्र र तोकिएको यातायात कार्यालयमा गएर बुझाउनु पर्छ ।
यस बाहेक सवारी धनी व्यक्ति भएमा नागरिकताको प्रतिलिपि, कम्पनीको हकमा कम्पनी दर्ता नभएको प्रमाणपत्रको प्रतिलिपि वा प्यान/भ्याटको पत्र, बैंकिङ प्रक्रियाबाट खरिद भएको सवारीको हकमा सम्बन्धित बैंकको सहमति पत्र, सवारी धनी र सवारीदर्ता सम्बन्धी विवरण भएको ब्लु बुकको प्रतिलिपि, चालु आर्थिक वर्षको सवारीकर चुक्ता भएको प्रमाणित गर्ने कागजात तथा सवारी साधनको सक्कल दर्ता प्रमाणपत्र (ब्लु बुक) को कपि पनि आवश्यक पर्नेछ ।
यसपछि सबै कागजपत्र तयार गरी कार्यालयमा रूजु गराउनु पर्नेछ । अनि बायोमेट्रिकको लागि एसएमएस मार्फत जानकारी प्राप्त हुनेछ । तोकिएको समयमा बायोमेट्रिकका साथै सवारीमा नम्बर प्लेट जडानको लागि तोकिएको यातायात कार्यालय जानु पर्नेछ ।
दुईपांग्रे सवारीको हकमा २ हजार ५ सय रुपैयाँ, ३ पांग्रे सवारीको हकमा २ हजार ९००, साना तथा मझौला चारपांग्रे सवारीको हकमा ३ हजार २०० र ठूला सवारीको हकमा ३ हजार ६०० रुपैयाँ दस्तुर लाग्नेछ । सोही अनुसार तोकिएको बैंकमा दस्तुर बुझाएको रसिद लिएर जानु पर्छ ।
-1755954503.jpg)
ग्लोबल स्मार्ट प्लस: लाइभ मार्केटदेखि व्यक्तिगत सेयर लगानी ट्रयाक गर्न सक्ने सुविधा
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै अब आईपीओ भर्न सकिने
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने
नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म इसेवा
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम सीपको शुरुवात
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

-1769682233.jpg)
