यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने व्यवस्था गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा गत २० साउनमा बसेको विषयगत समितिको बैठको निर्णय अनुसार विभागले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गरेको हो ।
इम्बोस्ड नम्बर प्लेटमा आरएफआईडी चिप हुन्छ, जसले सवारीसाधनलाई ट्रयाक गर्न मद्दत गर्छ । यदी तपाईले इम्बोस्ड नम्बर प्लेट लिनु भएको छैन् भने आज हामी कसरी लिने र प्रक्रिया कस्तो छ भन्ने बारे जानकारी दिदैछौं ।
यस्तो छ इम्बोस्ड नम्बर प्लेट लिने प्रक्रिया
इम्बोस्ड नम्बर प्लेट लिन सुरूमा hsenp.dotm.gov.np मा जानुहोस् । यसमा यसअघि अकाउन्ट बनाउनु भएको छ भने सवारीसाधनको दर्ता नम्बर र पासवर्ड राखेर लगइन गर्न सक्नुहुनेछ । यदी बनाउनु भएको छैन् भने बायाँतिर रहेको ‘गेट स्टार्डेड’ गएर दर्ता नम्बर राखेर अकाउन्ट बनाउन सकिने छ । त्यसपछि लगइन गरेर आवश्यक विवरण राख्नुपर्नेछ ।
अनलाइन फारमसँगै सवारी धनी व्यक्ति भएमा फोटोसहितको अनलाईन फर्म, सवारीसाधन कार्यालय वा निजी कम्पनीको भएमा छापसहितको अनलाइन फर्म, सवारीसाधन सरकारी कार्यालयको नाममा भए कार्यालयको छापसहितको पत्र र तोकिएको यातायात कार्यालयमा गएर बुझाउनु पर्छ ।
यस बाहेक सवारी धनी व्यक्ति भएमा नागरिकताको प्रतिलिपि, कम्पनीको हकमा कम्पनी दर्ता नभएको प्रमाणपत्रको प्रतिलिपि वा प्यान/भ्याटको पत्र, बैंकिङ प्रक्रियाबाट खरिद भएको सवारीको हकमा सम्बन्धित बैंकको सहमति पत्र, सवारी धनी र सवारीदर्ता सम्बन्धी विवरण भएको ब्लु बुकको प्रतिलिपि, चालु आर्थिक वर्षको सवारीकर चुक्ता भएको प्रमाणित गर्ने कागजात तथा सवारी साधनको सक्कल दर्ता प्रमाणपत्र (ब्लु बुक) को कपि पनि आवश्यक पर्नेछ ।
यसपछि सबै कागजपत्र तयार गरी कार्यालयमा रूजु गराउनु पर्नेछ । अनि बायोमेट्रिकको लागि एसएमएस मार्फत जानकारी प्राप्त हुनेछ । तोकिएको समयमा बायोमेट्रिकका साथै सवारीमा नम्बर प्लेट जडानको लागि तोकिएको यातायात कार्यालय जानु पर्नेछ ।
दुईपांग्रे सवारीको हकमा २ हजार ५ सय रुपैयाँ, ३ पांग्रे सवारीको हकमा २ हजार ९००, साना तथा मझौला चारपांग्रे सवारीको हकमा ३ हजार २०० र ठूला सवारीको हकमा ३ हजार ६०० रुपैयाँ दस्तुर लाग्नेछ । सोही अनुसार तोकिएको बैंकमा दस्तुर बुझाएको रसिद लिएर जानु पर्छ ।
-1755954503.jpg)
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






