फोनपे भर्चुअल क्रेडिट कार्ड स्किम पूर्ण रूपमा डिजिटल कार्ड समाधान हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो क्रेडिट कार्ड कार्य-क्षमतामा सजिलो, लचकता र नियन्त्रण प्रदान गर्नेछ ।
डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्तर्गत फोनपेले नेपालमा पहिलो पटक पूर्णरूपमा डिजिटल क्रेडिट कार्डले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा इ-कमर्स भुक्तानीहरू, र सहज ईएमआई कन्भर्जन जस्ता सुविधाहरू दिनेछ फोनले जनाएको छ ।
फोनपे क्रेडिट कार्डले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै सजिलै कार्ड सुरू गर्न र प्रयोग गर्न अवसर दिनेछ ।
यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल र स्टेटमेन्ट डेलिभरीजस्ता उन्नत सुविधाहरूको पूर्ण फाइदा लिन सक्छन्, जसले ग्राहकहरुलाई आफ्नो कार्डमा सम्पूर्ण नियन्त्रण दिएको छ ।
भर्चुअल क्रेडिट कार्ड सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक र शाइन रेसुङ्गा विकास बैंकबाट लिन सकिन्छ ।
साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै जारी हुने यस कार्डले फारम भर्ने झन्झट र पर्खाइ समयलाई हटाइदिएको छ।
कार्ड सक्रिय गरेपछि ग्राहकले नेपालभरका १७ लाखभन्दा बढी फोनपे QR व्यापारीहरूमा स्क्यान गरेर सहजै भुक्तानी गर्न सक्छन्, जसले यसलाई नेपालकै सबैभन्दा धेरै स्वीकार हुने क्रेडिट कार्ड बनाएको छ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)