कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिको क्षेत्रमा पछिल्ला अनुसन्धान, वैज्ञानिक ज्ञान, प्रविधि नवप्रवर्तन र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्टरनेसनल कन्फरेन्स अन इनोभेसन इन कम्प्युटिङ, साइन्स, इन्जिनियरिङ एन्ड टेक्नोलोजी’ (ICICSET 2026) ललितपुरमा सुरु भएको छ।
गोदावरीस्थित रोयल टुलिप होटलमा आयोजना भइरहेको सम्मेलनको संयुक्त रूपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्रा. डा. जनार्दन लामिछाने, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. प्रेमनारायण आर्याल तथा भारतको राँचीस्थित सरला बिरला विश्वविद्यालयका प्लानिङ एन्ड डेभलपमेन्ट संकायका डिन तथा इन्स्टिच्युसन अफ इलेक्ट्रोनिक्स एन्ड टेलिकम्युनिकेसन इन्जिनियर्स (IETE), झारखण्डका अध्यक्ष प्रा. डा. विजय कुमार सिंहले उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा तीनै जना प्राज्ञिक व्यक्तित्वले सम्मेलनको सफलताको शुभकामना तथा सद्भावना मन्तव्यसमेत दिएका थिए।
विज्ञान तथा प्रविधि, उच्च शिक्षा र अनुसन्धानका क्षेत्रमा योगदान पुर्याउँदै आएका प्राज्ञिक व्यक्तित्वहरूको सहभागिताले सम्मेलनको शैक्षिक महत्वलाई थप उजागर गरेको आयोजकले जनाएको छ।
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (NCIT) को आयोजनामा भइरहेको सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, अमेरिका, फ्रान्स, अस्ट्रेलिया र मलेसियाका अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तिहरू सहभागी छन्।
सम्मेलनले कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ र प्रविधिका क्षेत्रमा भएका पछिल्ला अनुसन्धान, उपलब्धि तथा आगामी सम्भावनाबारे ज्ञान र अनुभव आदानप्रदान गर्ने साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ छ।
ICICSET 2026 का लागि विभिन्न अनुसन्धानकर्ता तथा प्राज्ञिक क्षेत्रबाट कुल ९७ वटा अनुसन्धानपत्र प्राप्त भएका थिए। तीमध्ये ४६ वटा अनुसन्धानपत्र प्रकाशनका लागि छनोट भएका छन्।
कुल प्राप्त अनुसन्धानपत्रमध्ये करिब ४७ प्रतिशत छनोट भएका हुन्। छनोट भएका अनुसन्धानपत्रहरू peer-reviewed journal मा प्रकाशन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रकाशित अनुसन्धानपत्रको अनलाइन संस्करण journal.ncit.edu.np मार्फत समेत उपलब्ध गराइनेछ।
कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिका विभिन्न क्षेत्रमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता र प्राज्ञिक समुदायका लागि सम्मेलनले अनुसन्धानका निष्कर्ष, नयाँ प्रविधि, पछिल्ला उपलब्धि तथा भविष्यका सम्भावनाबारे छलफल र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ।
आठ देशका अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तिहरूको सहभागिता र अनुसन्धानपत्र प्रकाशनको माध्यमबाट ICICSET 2026 ले नेपालमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान तथा शैक्षिक सहकार्यका लागि मञ्च निर्माण गर्ने आयोजकको अपेक्षा छ।
अर्थशास्त्री डा. सुदनकुमार वलीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पे मार्फत भुक्तानी लिन सकिने
दूरसञ्चार सेवाको गुणस्तर बुझ्दै सञ्चारमन्त्री तिमिल्सिना, प्राधिकरणसँग मागे विवरण
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
एसकेटी नेपाल बन्याे अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको मुख्य प्रायोजक


