गोल्छा ग्रुपको प्रस्तुतिमा ग्लोकल प्रा.लि.ले आयोजना गर्दै आएको प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ का लागि छनोट गरिएका ‘ग्लोकल २० अन्डर २०’को सूची सार्वजनिक भएको छ। यस वर्ष नेपालभरका १३ देखि १९ वर्ष उमेरका युवामध्ये असाधारण प्रतिभा, नेतृत्व क्षमता र सामाजिक प्रभाव देखाउने २० जना किशोर–किशोरीहरू यस सूचिमा परेका छन्।
११औं संस्करणको रूपमा आएको यस कार्यक्रममा आवेदन दिने अन्तिम मिति जुलाई ३० सम्म ७८६ आवेदन प्राप्त भएका थिए, जसको मूल्यांकन सम्मानित निर्णायक समितिले गरेको हो। प्रविधि, सामाजिक सक्रियता, उद्यमशीलता, वातावरण संरक्षण, कला, स्वास्थ्य लगायतका क्षेत्रमा योगदान दिने युवाहरूलाई सूचिमा स्थान दिइएको छ।
सूचिमा समावेश युवाहरूमा आविश खनाल, ध्रुबेश धामी, गोकुल श्रेष्ठ, कृष यादव, मानुषी न्यौपाने, मोहम्मद अफताब शेख, निश्चल ढुंगाना, निशान्त राज सर्राफ, ओसिस निराला, अक्सफोर्ड आचार्य, फुर्वा छिरिङ गुरुङ, पूजा मैनाली, रक्षित पौडेल, रेणुका सिंह, ऋतु घर्ती, रुचि ओझा, सफल पौडेल, सजन अधिकारी, सक्षम घिमिरे र सक्षम रुपाखेती रहेका छन्।
आगामी सेप्टेम्बर १ मा हुने अवार्ड समारोह र सम्मेलनमार्फत उनीहरूलाई सम्मान गरिनेछ। सोही दिन ‘ग्लोकल टीन हिरो नेपाल’को विजेताको नाम पनि घोषणा हुनेछ। निर्णायक समितिमा कोका–कोला नेपालका चन्द्रिका कालिया, डब्लु.डब्लु.एफ नेपालका डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी सीमा गोल्छा, भोइथका सुरज वैद्य र युरोपेली संघका थोमस मिलर रहेका छन्।
कार्यक्रममा होन्डा, कोका–कोला, डब्लु.डब्लु.एफ, पञ्चकन्या ग्रुप, केएफसी, टोयोटा, ग्लोबल आइएमई बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल पर्यटन बोर्ड, वर्डलिंक, हिमालय टिभी एचडी, एति एयरलाइन्स, प्रिज्मा एडभटाइजिङ, निउट्री–प्लस, पिज्जा हट, नेपाल लाइफ इन्स्योरेन्स, बेगानी ग्रुपलगायत संस्थाहरूको सहकार्य रहेको छ।
थप विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।
दशौ न्युबिज कन्क्लेभ एन्ड विजनेश एक्सलेन्स अवार्डस् २०२६ सम्पन्न
ख्वप कलेजको टोली फ्लक्सेलले जित्यो हल्ट प्राइज नेपाल २०२६ को राष्ट्रिय उपाधि
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
नेपालस्थित अमेरिकी दूतावासद्वारा देशव्यापी उद्यमशीलता सीप-निर्माण कार्यक्रमको आरम्भ
टिग कन्फेरेन्स २०२६: अकाउन्टिङलाई प्रविधिमैत्री र डेटामुखी बनाउने विषयमा विमर्श
बिहीबारबाट सागर ग्रुपको आईटी एक्सपो
पुल्चोक क्याम्पसमा तीनदिने एआई तथा मेसिन लर्निङ कार्यशाला आयोजना हुँदै






