अर्थशास्त्री डा. सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनमा उनले ३५ वर्षमुनिका युवातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन्।
रोल्पा स्थायी घर भएका डा. वली रोल्पाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन्। नेपाली कांग्रेसको विधानअनुसार उनी युवातर्फको केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बन्न लागेका हुन्।
नीति तथा योजना क्षेत्रका विज्ञ डा. वली कांग्रेसको १२औँ महाधिवेशनदेखि क्रियाशील सदस्यका रूपमा पार्टीमा आबद्ध छन्। चीनबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र केन्द्रीय नीति प्रतिष्ठानमा नीति विज्ञका रूपमा काम गरिसकेका छन्।
त्यसैगरी, उनले लुम्बिनी प्रदेश योजना आयोग तथा संघीय सरकारका विभिन्न मन्त्रालयका योजनामा विज्ञका रूपमा काम गरेको अनुभवसमेत छ। हाल उनी ‘इन्स्टिच्युट फर इक्विटेबल अर्थ’मार्फत अध्ययन तथा अनुसन्धानमा सक्रिय छन्।
डा. वली गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत बनेका थिए।
उनले नीति, योजना तथा आर्थिक विषयमा आफ्नो विज्ञता र अनुभवलाई पार्टीको नीति निर्माण तथा संगठनमा उपयोग गर्ने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्।
ललितपुरमा ICICSET 2026 सुरु, ८ देशका अनुसन्धानकर्ता सहभागी
एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पे मार्फत भुक्तानी लिन सकिने
दूरसञ्चार सेवाको गुणस्तर बुझ्दै सञ्चारमन्त्री तिमिल्सिना, प्राधिकरणसँग मागे विवरण
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
एसकेटी नेपाल बन्याे अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको मुख्य प्रायोजक


