नर्भिक इन्टरनेसनल हस्पिटलले लाभांश तथा आईपीओ निष्कासन प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ ।
सभा, भदौ २९ गते, बिएलसी सभाकक्ष, थापाथली काठमाडौंमा मध्यान्ह साढे १२ बजेदेखि बस्नेछ । सभाले शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर जारीपश्चात् आवश्यकताअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डासमेत सभाका रहेका छन् ।
त्यस्तै संस्थाको जारी पुँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणका लागि जारी गर्ने एजेन्डा पनि सभामा लगिनेछ ।
सोही सभाले सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखपरीक्षकको प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
प्रकाशित मिति:
शुक्रबार, भदौ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप बजार
नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार
आइतबार, वैशाख २७, २०८३
मेटलाइफ नेपाल र वात्सल्य आईभीएफबीच फर्टिलिटी केर सेवामा पहुँच विस्तारका लागि सहकार्य
शनिबार, फागुन १६, २०८२
नेपाल मेडिसिटी हस्पिटलले सार्वजनिक गर्यो नयाँ मास्कट ‘मेडी प्रसाद’
बिहीबार, पुस २४, २०८२
नेपाली क्यान्सर विज्ञ डा. विशाल ज्ञवाली विश्वमै ‘ग्लोबल अङ्कोलोजी’मा नम्बर एक
सोमबार, पुस १४, २०८२
मानसिक स्वास्थ्यमा काम गर्नेहरूले गठन गरे ‘सोमपिन’ संस्था, यस्ता छन् उद्देश्य
सोमबार, असोज ६, २०८२
नेपालमा पहिलो स्टेम सेल अनुसन्धान केन्द्र स्थापना
सोमबार, भदौ १६, २०८२
असोजसम्ममा स्वास्थ्य बिमा नवीकरण गर्दा कुनै शुल्क नलाग्ने
बिहीबार, भदौ १२, २०८२






