नेपाल मेडिसिटी हस्पिटलले नयाँ वर्ष २०२६ को अवसरमा आफ्नो आधिकारिक मास्कट ‘मेडी प्रसाद’ सार्वजनिक गरेको छ। नेपालकै पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त स्वास्थ्य संस्थाले आम नागरिकसँग अझ नजिक रहने उद्देश्यसहित मास्कट सार्वजनिक गरेको जनाएको छ।
अस्पतालले ‘गुणस्तरीय स्वास्थ्य सेवा अब तपाईंको पहुँचमा’ भन्ने मूल नाराअनुसार अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सबै नेपालीको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ। साथै, उपचारका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाललाई नै मेडिकल हबका रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुसार अघि बढिरहेको जनाएको छ।
मास्कट ‘मेडी प्रसाद’ सार्वजनिक गर्दै अस्पतालले ‘हेल्थ वेलनेस एड्भान्टेज २०२६’ योजना पनि सार्वजनिक गरेको छ। सो योजनाअन्तर्गत महिला स्वास्थ्य परीक्षण र पुरुष स्वास्थ्य परीक्षण दुवै प्याकेजको शुल्क रु ९ हजार ५०० तोकिएको छ। प्याकेजमा करिब ५० प्रतिशतसम्मको विशेष छुट समावेश गरिएको अस्पतालले जनाएको छ।
विश्वस्तरीय प्रविधि, अनुभवी चिकित्सक टोली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवासहित सुलभ मूल्यमा स्वास्थ्य परीक्षण गराई नयाँ वर्ष स्वस्थ र सचेत रूपमा सुरु गर्न अस्पतालले आग्रह गरेको छ। यो विशेष योजना सन् २०२६ जनवरी १ देखि जनवरी ३१ तारिखसम्म लागू हुने अस्पतालले जनाएको छ।
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले निःशुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने
प्रा.डा. सुदन झा लगातार दोस्रो वर्ष विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा
कांग्रेसको १५औँ महाधिवेशनमा अर्थशास्त्री डा. सुदन वलीको केन्द्रीय सदस्यमा उम्मेदवारी
ललितपुरमा ICICSET 2026 सुरु, ८ देशका अनुसन्धानकर्ता सहभागी
अर्थशास्त्री डा. सुदनकुमार वलीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पे मार्फत भुक्तानी लिन सकिने

