नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । बुधबार बोर्डले एक सूचना जारी गर्दै असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका लागि पुरानो योगदान रकममा कुनै थप शुल्क नलाग्ने व्यवस्था मिलाइएको जनाएको छ ।
यसका लागि बिमितहरूले अनलाइन प्रणाली वा दर्ता सहयोगीमार्फत २०८२ असोज ३१ गतेभित्र अनिवार्य रूपमा स्वास्थ्य बिमा नवीकरण गर्नुपर्नेछ । बिमा म्याद अवधिपछि नवीकरण गर्ने बिमित परिवारलाई भने शुल्क लाग्ने बोर्डले जनाएको छ ।
म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको १० प्रतिशत थप शुल्क लाग्नेछ । त्यसपछि ६ महिनाभित्र नवीकरण गरेमा योगदान रकमको ३० प्रतिशत थप शुल्क लाग्ने जनाइएको छ ।
६ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमा योगदान रकमको ५० प्रतिशत थप शुल्क लाग्नेछ । एक वर्षभन्दा बढी भएमा योगदान रकमको शतप्रतिशत (१००%) थप शुल्क लाग्नेछ । दुई वर्षभन्दा बढी भएमा योगदान रकमको तीन गुणा बराबरको शुल्क लाग्ने र तीन वर्षभन्दा बढी भएमा योगदान रकमको चार गुणा बराबरको शुल्क लाग्ने बोर्डले जनाएको छ ।

मानसिक स्वास्थ्यमा काम गर्नेहरूले गठन गरे ‘सोमपिन’ संस्था, यस्ता छन् उद्देश्य
नेपालमा पहिलो स्टेम सेल अनुसन्धान केन्द्र स्थापना
आईपीओ जारी गर्दै नर्भिक हस्पिटल
शिखर इन्स्यारेन्सबाट नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’को आरम्भ
निरन्तर व्यावसायिक विकास कार्यक्रम अनिवार्य गर्दै स्वास्थ्य व्यवसायी परिषद्
सानिमा रिलायन्स र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशतसम्म छुट





