नेपालमा मनोविद, मनोपरामर्शदाता र मनोचिकित्सकलाई एउटै छातामुनि ल्याउने उद्देश्यले सोसाइटी अफ मेन्टल हेल्थ प्रोफेसनल्स इन नेपाल (SOMHPIN/सोमपिन) नामक संस्था गठन गरिएको छ ।
शनिबार नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा सम्पन्न विशेष भेलाले संस्थाको घोषणा गरेको हो । करिब ७० जना मानसिक स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको उक्त भेला उत्साहपूर्ण र छलफलमैत्री वातावरणमा सम्पन्न भएको थियो ।
सहभागीहरूले मानसिक स्वास्थ्यलाई नेपालको समग्र विकास र सामाजिक न्यायसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै हाल यो क्षेत्र अझै असंगठित रहेको निष्कर्ष निकालेका थिए ।
भेलाले सर्वसम्मत निर्णय गर्दै ११ सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ । समितिको अध्यक्षमा उमेश शिवाकोटी, उपाध्यक्षमा पम्मी ठाकुर, सचिवमा कपिल शर्मा, सहसचिवमा वासु आचार्य र कोषाध्यक्षमा मोनिका खड्का चयन भएका छन् । त्यस्तै, प्रभा थापा, प्रतिक्षा काफ्ले, प्रणव राज रेग्मी, रोमन प्रजापती, सुस्मिता न्यौपाने र दिपा आचार्य सदस्यका रूपमा तदर्थ समितिमा चयन भएका छन् ।

नयाँ संस्था सोमपिनले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत पेशेवरहरूको पेशागत एकता कायम गर्दै सरकार र सम्बन्धित निकायसँग सहकार्य गर्नेछ ।
यस्तै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा पुर्याउने, गुणस्तरीय र पारदर्शी सेवा सुनिश्चित गर्ने तथा अनुसन्धान, कार्यशाला तथा तालिममार्फत क्षमता अभिवृद्धि गर्ने संस्थाको उद्देश्य छ ।
यससँगै विद्यालय, समुदाय र कार्यालयस्तरमा मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने, अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ अनुसन्धान र प्रविधि नेपालमा भित्र्याउने र सेवाग्राहीको अधिकारको संरक्षण गर्ने पनि संस्थाको योजना रहेको छ ।
आगामी दिनमा तदर्थ समितिले संस्थाको नियमावली तयार गर्ने, दर्ता प्रक्रिया अघि बढाउने, सदस्यता विस्तार गर्ने र साधारण सभा आह्वान गर्ने कार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ। मानसिक स्वास्थ्यलाई दिगो विकास, श्रम उत्पादनशीलता र सामाजिक समृद्धिसँग जोड्दै सोमपिनले आगामी दिनमा प्रभावकारी योगदान गर्ने अपेक्षा गरिएको छ।

एभ्री बाउन्ड्री काउन्ट्स: एनपीएलका हरेक बाउन्ड्रीमा रेड पान्डा संरक्षणका लागि योगदान दिँदै इसेवा
बाजुराको लामो र अग्लो झोलुङ्गे पुल, दुर्गम बस्तीका लागि बन्यो सहारा
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था

-1793436575.png)