नेपालमा पहिलो पटक स्टेम सेल अनुसन्धान केन्द्र (NSCRC) स्थापना गरिएको छ। काठमाडौँमा सुरु गरिएको यस केन्द्रलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि मानिएको छ।
उज्ज्वल भण्डारी, डा. रघुराम भण्डारी र अमोद शर्माको नेतृत्वमा स्थापना भएको केन्द्रमा अत्याधुनिक प्रयोगशाला सुविधा रहेको छ। यहाँ उत्पादन हुने स्टेम सेल अस्पताल तथा चिकित्सकलाई उपलब्ध गराइनेछ।
केन्द्रले क्यान्सर, रक्तसम्बन्धी समस्या र रोग प्रतिरोधात्मक प्रणालीसम्बन्धी रोगको उपचारका लागि अनुसन्धान गर्ने लक्ष्य लिएको छ। हाल भने नेपालमा स्टेम सेल थेरापीसम्बन्धी कानूनी संरचना अझै विकास चरणमा रहेको छ।
स्वास्थ्य विज्ञहरूले केन्द्रलाई बिरामीका लागि आशाजनक कदमको रूपमा लिएका छन्। केन्द्रले नेपाललाई दक्षिण एसियामा स्टेम सेल अनुसन्धान तथा उपचारको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
स्टेम सेल प्रयोग गरी विभिन्न रोग क्षतिग्रस्त अंग उपचार, रोगका कारणबारे अनुसन्धान गर्न सकिन्छ साथै नयाँ औषधि विकासमा पनि यसको प्रयोग गर्न सकिन्छ। यसैले स्टेम सेललाई स्वास्थ्य क्षेत्रमा अत्यन्तै आशाजनक मानिन्छ।
भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्डको फाइनलिस्टमा नेपाली युवा कुशल पौडेल
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
