राष्ट्रिय योजना आयोगका सदस्य तथा एआई विज्ञ प्रा. डा. सुदन झा लगातार दोस्रो वर्ष विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परेका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्ग्स (आईओटी), इमेज प्रोसेसिङ लगायतका क्षेत्रको गरेको अनुसन्धान योगदानका आधारमा तयार हुने ‘World’s Top 2% Scientists’ सूचीमा डा. झा सन् २०२५ र २०२६ दुवै वर्ष सूचीकृत भएका हुन्।
यस सूचीमा अनुसन्धान प्रकाशन, साइटेसन संख्या, एच-इन्डेक्स, एचएम-इन्डेक्स, सह-लेखकत्व तथा अनुसन्धानको समग्र प्रभावलगायतका सूचकलाई आधार मानिन्छ।
स्ट्यानफोर्ड विश्वविद्यालयसँग सम्बन्धित अनुसन्धानकर्ताहरूले तयार पारेको यो र्याकिङ एल्सेभियरको Scopus डेटाबेसमा आधारित रहेको छ।
World’s Top 2% Scientists ranking मा सूचीकृत अनुसन्धानकर्ताहरूको विवरणलाई TOPSCINET ले आफ्नो विश्वव्यापी verified directory तथा network मा समेट्दै आएको छ। TOPSCINET Data Meta Lab द्वारा सञ्चालित प्लेटफर्म हो।
डा. झा विगत २५ वर्षदेखि अध्यापन, अनुसन्धान तथा उद्योग क्षेत्रमा सक्रिय छन्। उनका १०० भन्दा बढी अनुसन्धानपत्र प्रकाशित छन् भने १० वटा पुस्तक लेखन तथा सम्पादन गरेका छन्। उनका नाममा ४ वटा पेटेन्टसमेत दर्ता छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा अर्थशास्त्री डा. सुदन वलीको केन्द्रीय सदस्यमा उम्मेदवारी
ललितपुरमा ICICSET 2026 सुरु, ८ देशका अनुसन्धानकर्ता सहभागी
अर्थशास्त्री डा. सुदनकुमार वलीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
एनआईसी एशिया बैंकबाट एप्पल पे र गुगल पे मार्फत भुक्तानी लिन सकिने
दूरसञ्चार सेवाको गुणस्तर बुझ्दै सञ्चारमन्त्री तिमिल्सिना, प्राधिकरणसँग मागे विवरण
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
