नेभिगेशन
गुड न्युज

कांग्रेसको १५औँ महाधिवेशनमा अर्थशास्त्री डा. सुदन वलीको केन्द्रीय सदस्यमा उम्मेदवारी

अर्थशास्त्री डा. सुदनकुमार वलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

वलीले ३५ वर्षमुनिका युवाको क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन् । नीति तथा योजना क्षेत्रमा विज्ञता हासिल गरेका वलीले चीनबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् ।

आफ्नो विज्ञताको क्षेत्रअनुसार उनले नेपाली कांग्रेसको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र केन्द्रीय नीति प्रतिष्ठानमा नीति विज्ञका रूपमा काम गरिसकेका छन् । त्यस्तै, लुम्बिनी प्रदेश योजना आयोग तथा संघीय मन्त्रालयअन्तर्गतका विभिन्न योजना तथा परियोजनामा समेत उनले विज्ञका रूपमा काम गरेका छन् ।

हाल वली ‘इनिसियटिभ फर इक्विटेबल अर्थ’मार्फत अध्ययन तथा अनुसन्धानमा सक्रिय छन् । उनी आर्थिक नीति, योजना तथा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् ।

वली गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट उम्मेदवारसमेत बनेका थिए ।

आर्थिक नीति र अनुसन्धानको अनुभवलाई पार्टीको नीति निर्माणसँग जोड्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको वलीले बताएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज