नेभिगेशन
गुड न्युज

विद्यार्थीको करियर विकासलाई बलियो बनाउन प्राइम कलेज र इन्टर्नसाथीबीच सहकार्य

विद्यार्थीको प्लेसमेन्ट व्यवस्थापन, इन्टर्नसिप तयारी तथा करियर विकासलाई बलियो बनाउने उद्देश्यले प्राइम कलेज र इन्टर्नसाथीबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा प्राइम कलेजकी करियर सर्भिसेसकी एसोसिएट डाइरेक्टर नयना अमात्य र इन्टर्नसाथीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुनाल साहले हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार प्राइम कलेजले इन्टर्नसाथीको प्लेसमेन्ट म्यानेजमेन्ट सिस्टम (पीएमएस) प्रयोग गर्नेछ। सो प्रणालीमार्फत विद्यार्थीको प्रोफाइल व्यवस्थापन, इन्टर्नसिप तथा प्लेसमेन्ट गतिविधिको अभिलेख र अनुगमन, विद्यार्थीको तयारीको मूल्याङ्कन तथा थप सीप विकास आवश्यक पर्ने क्षेत्र पहिचान गर्न सकिनेछ।

विद्यार्थीलाई अवसरसँग जोड्ने काममा मात्र सीमित नराखी, उनीहरूलाई आवश्यक तयारी गराउने, प्रगति अनुगमन गर्ने र सही अवसरसँग जोड्ने संरचित प्रणाली विकास गर्न सहयोग गर्ने उद्देश्य रहेको इन्टर्नसाथीका सीईओ कुनाल साहले बताए।

यो सहकार्यले विद्यार्थीको रोजगारी क्षमता अभिवृद्धि, इन्टर्नसिपका लागि आवश्यक तयारी तथा संस्थागत तहमा व्यवस्थित प्लेसमेन्ट प्रणाली विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज