काठमाडौं । सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ तथा कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्नेछन् ।
नेपालका विविध र चुनौतीपूर्ण सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी२ सहरी आवतजावतमा मात्र सीमित नभई उकालो बाटो, घुम्ती सडक, दैनिक ट्राफिक तथा लामो दूरीको यात्रालाई समेत ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको भनाइ छ ।
नेपाली सडकका लागि इन्जिनियरिङ
पी२ मा पीएमएसएम मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले पाङ्ग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ । एक्टिभ्ली कुल्ड हाई–पावर कन्ट्रोलरले विशेषगरी उकालो सडकमा निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्छ ।
स्कुटरमा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ । यी विशेषताले विभिन्न सडकमा स्थिरता र नियन्त्रण कायम राख्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेकिङका क्रममा थप नियन्त्रण र स्थिरता प्रदान गर्ने जनाइएको छ ।
तीन ब्याट्री विकल्प
पी२ मा ग्राहकको आवश्यकता र दैनिक यात्राको दूरीअनुसार तीनवटा ब्याट्री विकल्प उपलब्ध छन् ।
३ किलोवाट आवर ब्याट्रीले सहरभित्र ९० किलोमिटरसम्म, ३.७ किलोवाट आवर ब्याट्रीले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट आवर ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार पी२ का ब्याट्री सिस्टम यही प्ल्याटफर्मलाई ध्यानमा राखेर विकास गरिएको हो र नेपालको सञ्चालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको छ ।
पी२ मा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कनेक्टिभिटीदेखि स्मार्ट फिचरसम्म
पी२ मा इन्स्टल्ड अनबोर्ड चार्जर, ७ इन्चको टीएफटी डिस्प्ले, ४जी कनेक्टिभिटी तथा मल्टिपल राइडिङ मोड उपलब्ध छन् ।
त्यस्तै, स्मार्ट चार्जिङ मोड, मल्टिपल लेभल रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड, क्रुज कन्ट्रोल, क्लास–डी हेडल्याम्प, रिजेन–रेस्पोन्सिभ टेललाइट, एन्टिथेफ्ट नोटिफिकेसन र मोटर लकजस्ता सुविधा पनि स्कुटरमा समावेश गरिएको छ ।
सिप्रदी यात्रीका अनुसार पी२ मार्फत नेपालमै इन्जिनियरिङ र उत्पादन हुने विद्युतीय मोबिलिटी विकासलाई थप अगाडि बढाउने लक्ष्य राखिएको छ ।
सेन्ट जेभियर्स कलेजमा ‘नेपाल अध्ययन संवाद २.०’ सम्पन्न
रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
इन्टरनेट सेवा नदिएको भन्दै क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ल्यापटप सर्भिसदेखि एक्सचेन्जसम्म सुविधा दिने ‘निओ सर्भिस क्याम्प’
खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुलाई पुरस्कार जित्ने अवसर
