डिजिटल सोलुसन प्रा.लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा ४४ हजार ४४४ नेपालीलाई निःशुल्क आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम दिने भएको छ। ‘सबैका लागि AI’ नाम दिइएको अभियानमा सहभागी हुन मंसिर २० गतेसम्म अनलाइन दर्ता गर्न सकिनेछ।
वि.सं. २०७९ मंसिर १ गते रबिन पौडेलले स्थापना गरेको डिजिटल सोलुसनले AI सम्बन्धी ज्ञान र सीप आम नेपालीसम्म पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागेको हो।
कम्पनीका संस्थापक तथा AI प्रशिक्षक रबिन पौडेलका अनुसार उनले पछिल्लो डेढ वर्षमा १० हजारभन्दा बढी व्यक्तिलाई AI सम्बन्धी तालिम प्रदान गरिसकेका छन्। सोही अनुभवका आधारमा यसपटक ४४ हजार ४४४ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको हो।
चार दिनको तालिममा ChatGPT, Google Gemini र Claude लगायत AI टुलको प्रयोग गर्न सिकाइनेछ। सहभागीले AI लाई प्रभावकारी निर्देशन (Prompt) दिने, अध्ययन तथा अनुसन्धान गर्ने, कागजात र प्रस्तुतीकरण तयार गर्ने, फोटो, ग्राफिक्स तथा भिडियो सामग्री बनाउने सीप सिक्न पाउनेछन्। यसका साथै AI Agent को परिचय र सामान्य AI Agent निर्माण तथा प्रयोगका विषय पनि पाठ्यक्रममा समेटिएका छन्।
तालिम विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्यमी तथा सर्वसाधारण सबैका लागि खुला हुनेछ। सहभागी हुन प्रोग्रामिङ वा अन्य प्राविधिक ज्ञान आवश्यक नपर्ने कम्पनीले जनाएको छ।
सहभागीले आफ्नो सुविधाअनुसार प्रत्यक्ष (Live) वा रेकर्ड गरिएका (Recorded) कक्षामार्फत तालिम लिन सक्नेछन्। दर्ताका क्रममा नै आफूले चाहेको माध्यम छनोट गर्नुपर्नेछ। साथै, सहभागीको पेशागत पृष्ठभूमिका आधारमा विद्यार्थी, शिक्षक, कर्मचारी र व्यवसायीका लागि छुट्टाछुट्टै सिकाइ सामग्री पनि उपलब्ध गराइनेछ।
चारदिने तालिमबाहेक AI तथा प्रविधि क्षेत्रमा कार्यरत विज्ञ र अनुभवी व्यक्तिहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिनेछ। उक्त कार्यक्रममा विभिन्न पेशा तथा उद्योगमा AI को प्रयोग, यसको प्रभाव र भविष्यमा सिर्जना हुन सक्ने अवसरबारे छलफल हुनेछ।
तालिम सुरु भएको मितिदेखि ९० दिनभित्र सहभागीले पाठ्यक्रम, अभ्यास कार्य (Assignment) र मूल्यांकन पूरा गर्नुपर्नेछ। प्रमाणपत्र प्राप्त गर्न मूल्यांकनमा कम्तीमा ४० प्रतिशत अंक ल्याउनुपर्नेछ। कम्पनीले ४४ हजार ४४४ जनालाई तालिम पूरा गराई प्रमाणपत्र प्रदान गर्ने लक्ष्य राखेको छ।
यस कार्यक्रमका लागि मंसिर १ गतेदेखि अनलाइन दर्ता खुला गरिएको छ। इच्छुक नेपालीले मंसिर २० गतेसम्म निःशुल्क दर्ता गर्न सक्नेछन्। तालिम सञ्चालन हुने प्रक्रिया, सिकाइ प्लेटफर्म र कक्षामा सहभागी हुने तरिकाबारे मंसिर २१ गते थप जानकारी सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
डिजिटल सोलुसनले विगत चार वर्षदेखि डिजिटल सेवा, प्रविधि तथा डिजिटल साक्षरतासम्बन्धी जानकारी र तालिम प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार डिजिटल सोलुसन र यसका संस्थापक रबिन पौडेलका सामाजिक सञ्जालमा गरी ६ लाखभन्दा बढी फलोअर तथा सब्सक्राइबर छन्।
तालिममा सहभागी हुन: https://digitalsolutionnepal.com/register/
यान्त्रीकरण प्रदर्शनीमा राउटे समुदायका उत्पादनका दुई स्टल, रैथाने प्रविधिलाई प्राथमिकता
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई लक्की ड्रमार्फत उपहार, अन्तिम दिन प्रमुख विजेतालाई मिनी ट्रेलर दिइने
भाेलिदेखि सुरू हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा
स्वदेशी प्रविधिको बजार विस्तार र अवसरलाई नास–आईटी एक्स्पोमा गहन छलफल हुने
स्वदेशी प्रविधिको बजार विस्तार र अन्तर्राष्ट्रिय पहुँच बढाउन नास–आईटी एक्स्पो
वाईफाई नेपालले ल्यायो आफ्नै मोबाइल एप, इन्टरनेटका सबै सुविधा मोबाइलबाटै
