इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। ग्राहकलाई इन्टरनेट सेवा व्यवस्थापन तथा प्रयोगमा सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले एप सञ्चालनमा ल्याएको हो।
एपमार्फत ग्राहकले इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणको विवरण तथा प्रयोगको अवस्था थाहा पाउन सक्नेछन्।
त्यस्तै, नेटटिभी तथा राउटरसम्बन्धी जानकारी हेर्न र इन्टरनेटमा समस्या आएमा समाधानका लागि सहयोग अनुरोध (सपोर्ट टिकट) पठाउन सकिने कम्पनीले जनाएको छ।
एप सञ्चालनमा आएसँगै सामान्य जानकारी तथा सेवाका लागि कम्पनीमा बारम्बार फोन गर्नुपर्ने बाध्यता कम हुने र ग्राहकले आवश्यक सेवा आफ्नै मोबाइलबाट प्राप्त गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।
कम्पनीका अनुसार वाईफाई नेपालको मोबाइल एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ। ग्राहकले त्यहाँबाट एप डाउनलोड गरी सुविधा प्रयोग गर्न सक्नेछन्।
स्वदेशी प्रविधिको बजार विस्तार र अन्तर्राष्ट्रिय पहुँच बढाउन नास–आईटी एक्स्पो
आईएमई ग्रुपको ‘भाइस प्रेसिडेन्ट’ पदमा जगदीश खड्का नियुक्त
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समितिका लागि आठ विज्ञ सदस्य सिफारिस गर्न सार्वजनिक सूचना
सात क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने सरकारको तयारी
साईबर सेक्यूरिटी एडभाईजरी २०२६: चाडपर्वमा साइबर खतराबाट बैंक र ग्राहक कसरी जोगिने?
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान
