नेभिगेशन
कला

नेपाली कला, संस्कृति र प्राकृतिक सौन्दर्य समेटिएको गीत ‘यात्रा–खुला किताब हो’ सार्वजनिक

नेपाली कला, संस्कृति, प्राकृतिक सौन्दर्य तथा आत्मीयतालाई समेटिएको नयाँ गीत ‘यात्रा–खुला किताब हो’ सार्वजनिक भएको छ।

द चिनारी प्रिजेन्ट्समार्फत सार्वजनिक गरिएको गीतले नेपालको प्राकृतिक सुन्दरता, मौलिक कला–संस्कृति, परम्परा र नेपालीपनलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ।

कृति श्रेष्ठको स्वर रहेको गीतमा विक्रम राजवंशीको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा तजैना श्रेष्ठले अभिनय गरेकी छन् भने अंकुर गुरुङले छायांकन तथा सम्पादन गरेका छन्।

नेपाली कला, संस्कृति र प्राकृतिक सौन्दर्य उजागर गर्ने उद्देश्यले तयार पारिएको यस सांगीतिक प्रस्तुतिले नेपालप्रतिको माया, आत्मीयता र मौलिक पहिचानलाई समेत झल्काएको छ।

तिहार तथा नेपाल संवत् नयाँ वर्षको अवसर पारेर गीत सार्वजनिक गरिएको गीतकार तथा संगीतकार विक्रम राजवंशीले बताएका छन्। गीतले नेपाली संगीतप्रेमी दर्शकमाझ सकारात्मक सन्देश प्रवाह गर्नुका साथै नेपाली संस्कृति र पहिचानको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको उनको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला