नेभिगेशन
प्रविधि

विथसिक्योरसँग एनसेलको साझेदारी

एनसेलले आफ्ना इन्टरप्राइज ग्राहकहरूको सुरक्षालाई अझ सुदृढ बनाउन विश्वस्तरको साइबर सुरक्षा कम्पनी विथसिक्योरसँग साझेदारी गरेको छ । यस साझेदारीमार्फत, एनसेल बिजनेसले नेपाली व्यवसायहरूलाई साइबर स्पेसका खतराबाट जोगाउन उत्कृष्ट सुरक्षा समाधानहरू उपलब्ध गराउनेछ ।

विथसिक्योरका सेवाहरूमा इन्डप्वाइन्ट डिभाइस प्रोटेक्सन, डिटेक्सन र रेस्पोन्स (इडीआर/एक्सडीआर), क्लाउड सेक्योरिटी, भल्नरेबिलिटी म्यानेजमेन्ट, इमेल सेक्योरिटी र थ्रेट इन्टेलिजेन्सहरु समावेश छन् । जसले कम्पनीहरूलाई अहिलेको बढ्दो डिजिटल दुनियाँमा आत्मविश्वासका साथ काम गर्न सक्षम बनाउँछ । यी समाधानहरू साइबर जोखिमहरूले क्षति पु¥याउनुअघि नै तिनीहरुलाई पत्ता लगाउने, रोक्ने र त्यसप्रति प्रतिक्रिया जनाउने गरी डिजाइन गरिएका छन् ।

“आफ्नो व्यवसायको सुरक्षित भविष्यका लागि एनसेलमाथि भरोसा गर्नुहोस् । एनसेल बिजनेसले सधैं आफ्ना इन्टरप्राइज सेवाहरूमा सुरक्षालाई केन्द्रमा राखेर काग गर्ने गरेको छ,” एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सियोले भन्नुभयो। “हाम्रो विथसिक्योरसँगको साझेदारीको अर्थ अब हाम्रा ग्राहकहरूले आफ्नो व्यवसायका लागि विश्वस्तरको साइबर सुरक्षा प्राप्त गर्छन् भन्ने प्रमाण हो । उनीहरूले साइबर खतराको चिन्ता नगरी निश्चिन्त भएर आफ्ना व्यवसायहरु बढाउन ध्यान केन्द्रित गर्न सक्छन् । साइबर सुरक्षा केवल एउटा उत्पादन होइन, एनसेलले नेपाली व्यवसायहरूका लागि पूर्ण इको–सिस्टम प्रदान गर्छ ।”

साइबर सुरक्षामा अग्रणी विश्वस्तरको युरोपेली कम्पनीसँगको यो सहकार्यले नेपाली व्यवसायहरूलाई अत्याधुनिक प्रविधिबाट सुसज्जित गराउँदै तिनको डेटा, प्रणाली र सञ्चालन सुरक्षित राख्ने एनसेलको प्रतिबद्धतालाई झल्काउँछ ।

“इन्टरप्राइज ग्राहकहरू र सरकारसँग उच्च विश्वसनीयता बोकेको देशकै अग्रणी दूरसञ्चार कम्पनी एनसेलसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं,” साइबर भिजन २०२५ कार्यक्रमका लागि नेपाल आएका विथसिक्योरका उपाध्यक्ष पाओलो पालुम्बोले भने । “हाम्रो विश्वव्यापी पहुँचलाई अझ विस्तार गर्दै, अब हामी नेपाली व्यवसायहरूको लागि यहाँ उपस्थित भएका छौं । हामी नेपाली व्यवसायहरुका लागि ‘पहिलो रोजाइ’ बन्छौं, जसले साइबर सुरक्षामा लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दछ र व्यवसायलाई चुस्त, प्रतिस्पर्धात्मक र नवप्रवर्तनात्मक बनाउँछ ।”

विथसिक्योर एक साइबर सुरक्षा प्रदायक हो, जसको गहिरो अनुभव र विश्वव्यापी उपस्थिति रहेको छ । यो युरोपेली मूल्य र सोचअनुसार सञ्चालन हुँदै आएको छ । यो कम्पनी दीर्घकालीन साझेदारी, प्रविधिको अनुकूलता, नियामक अनुपालन, र उद्योग क्षेत्रका संस्थाहरूबाट प्राप्त मान्यताका लागि प्रसिद्ध रहेको छ । यसको एलिमेन्ट प्लेटफर्म विशेष रूपमा साइबर सुरक्षा सञ्चालनलाई सरल र स्केलेबल बनाउन डिजाइन गरिएको छ, जसले व्यवसायको बदलिंदो आवश्यकताहरुसँगै बढ्न मद्दत गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रविधि
दराज एक्सप्रेस सार्वजनिक

दराज एक्सप्रेस सार्वजनिक