नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार ५९९ रुपैयाँ पर्ने यस प्याकेजमा ३३३ मिनेट अल–नेट भ्वाइस कल र दैनिक ८ जीबी डेटा उपलब्ध हुनेछ। यो प्याकेज नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गर्न सक्नेछन्।
नेपाल टेलिकमले कात्तिक १० देखि मंसिर ५, २०८३ सम्म यो प्याकेज खरिद गर्न सकिने जनाएको छ। प्याकेजको अवधि ३० दिनको हुनेछ। पोस्टपेड प्रयोगकर्ताले खरिद गरेको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने कम्पनीले जनाएको छ।
प्याकेज खरिद गर्न मोबाइलबाट *1415# डायल गर्न वा नेपाल टेलिकम एप प्रयोग गर्न सकिनेछ।
नेपाल टेलिकम एनपीएल सिजन–३ को आधिकारिक टेलिकम पार्टनरसमेत रहेको छ। नेपाली खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने उद्देश्यले कम्पनीले यो प्याकेज ल्याएको जनाएको छ।
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
