नेपाल टेलिकमले एनटी फाइबर जडानको माग तथा सेवासम्बन्धी गुनासो अनलाइनबाटै दर्ता गर्न सकिने व्यवस्था गरेको छ। ग्राहकको माग बढेपछि अनलाइन पोर्टलको व्यवस्था गरिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताए।
नयाँ व्यवस्थाअनुसार ग्राहकले घरमै बसेर अनलाइनमार्फत एनटी फाइबर जडानको माग गर्न र सेवासम्बन्धी गुनासो दर्ता गर्न सक्नेछन्। यसका लागि नेपाल टेलिकमले https://complain.ntc.net.np पोर्टल सञ्चालनमा ल्याएको छ।
उक्त पोर्टलमार्फत नयाँ फाइबर जडानको माग दर्ता गर्नुका साथै सेवा प्रयोगका क्रममा देखिएका समस्याबारे गुनासो गर्न सकिनेछ।
अनलाइन माध्यमबाट माग तथा गुनासो दर्ता गर्न सकिने भएपछि ग्राहकलाई कार्यालयमै पुग्नुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ। यस व्यवस्थाले ग्राहकको माग र गुनासो व्यवस्थापनलाई थप सहज बनाउन सहयोग पुग्नेछ।
प्रकाशित मिति:
आइतबार, कात्तिक १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज
सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम
सोमबार, असोज २६, २०८३
नौ ईआरपी कम्पनीसँग एपीआई बैंकिङ प्लेटफर्म र्यापिडको साझेदारी
सोमबार, असोज २६, २०८३
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
सोमबार, असोज २६, २०८३
रामेछापका व्यावसायिक कृषकलाई अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सहभागी हुन आह्वान, यात्रा खर्च कृषि कार्यालयले व्यहोर्ने
सोमबार, असोज २६, २०८३
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
शनिबार, असोज २४, २०८३
आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले निःशुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने
शुक्रबार, असोज २३, २०८३
प्रा.डा. सुदन झा लगातार दोस्रो वर्ष विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा
बिहीबार, असोज २२, २०८३
