नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी दिपल एस०७ को नयाँ भेरिएन्ट ‘आईसीए’ आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
१० भन्दा बढी इन्डस्ट्री फस्ट फिचर र बेजोड डिजाइन मार्फत आफ्नो सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ ले अब नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दोस्रो ठूलो चिनियाँ अटोमोबाइल ग्रुपले उत्पादन गर्ने दिपल एस०७ आईसीएले अब डिजाइन र स्टाइललाई फ्युचरिस्टिक कनेक्टिभिटीसँग सम्मिश्रण गरेर स्लिक र कमान्डिङ एसयूभी प्याकेज बनाउने छ ।
नयाँ एलएफपी ब्याट्री केमेस्ट्रीमा उपलब्ध हुने दिपल एस०७ आईसीएले आधुनिक इलेक्ट्रिक एसयूभीबाट नेपाली ग्राहकले केसम्म अपेक्षा गर्न सकछन् भन्ने प्रष्ट्याउने छ ।
नेपालमा सार्वजनिक भएको १८ महिनामा दिपलले आफूलाई नेपालकै सबैभन्दा रुचाइएको ईभी ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको कम्पनीको भनाइ छ ।
यसको बेजोड डिजाइन र अतुलनीय प्रविधि तथा सम्झौता नगरिएको ड्राइभिङ एक्सपिरियन्सले यसलाई नेपालकै नम्बर १ लक्जरी ईभी ब्रान्ड बनाएको कम्पनीको दाबी छ ।
यसमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, हेडरेस्ट र आउटडोर स्पिकर, २० इन्चको टायर, १२५ लिटरको फ्रंक लगायत फिचरले गर्दा नेपालमा ९ सयभन्दा बढी दिपल एस०७ बिक्री भइसकेको छ ।
नयाँ एस०७ आईसीएले दिपलको यो स्थानलाई कायम गर्ने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
नेपालमै बनेको इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य सार्वजनिक, के के छन् सुविधा ?
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
५० लाखसम्मका गाडीमा मुल्य घट्ने अर्थमन्त्री स्वणिम वाग्लेको दाबी
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
