नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी दिपल एस०७ को नयाँ भेरिएन्ट ‘आईसीए’ आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
१० भन्दा बढी इन्डस्ट्री फस्ट फिचर र बेजोड डिजाइन मार्फत आफ्नो सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ ले अब नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दोस्रो ठूलो चिनियाँ अटोमोबाइल ग्रुपले उत्पादन गर्ने दिपल एस०७ आईसीएले अब डिजाइन र स्टाइललाई फ्युचरिस्टिक कनेक्टिभिटीसँग सम्मिश्रण गरेर स्लिक र कमान्डिङ एसयूभी प्याकेज बनाउने छ ।
नयाँ एलएफपी ब्याट्री केमेस्ट्रीमा उपलब्ध हुने दिपल एस०७ आईसीएले आधुनिक इलेक्ट्रिक एसयूभीबाट नेपाली ग्राहकले केसम्म अपेक्षा गर्न सकछन् भन्ने प्रष्ट्याउने छ ।
नेपालमा सार्वजनिक भएको १८ महिनामा दिपलले आफूलाई नेपालकै सबैभन्दा रुचाइएको ईभी ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको कम्पनीको भनाइ छ ।
यसको बेजोड डिजाइन र अतुलनीय प्रविधि तथा सम्झौता नगरिएको ड्राइभिङ एक्सपिरियन्सले यसलाई नेपालकै नम्बर १ लक्जरी ईभी ब्रान्ड बनाएको कम्पनीको दाबी छ ।
यसमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, हेडरेस्ट र आउटडोर स्पिकर, २० इन्चको टायर, १२५ लिटरको फ्रंक लगायत फिचरले गर्दा नेपालमा ९ सयभन्दा बढी दिपल एस०७ बिक्री भइसकेको छ ।
नयाँ एस०७ आईसीएले दिपलको यो स्थानलाई कायम गर्ने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य
हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन बीएमएस अपडेटको घोषणा
स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी
हुन्डाई मोटर कम्पनीले आफ्नो ५७ औँ वार्षिकोत्सव मनायो
