एलआरआर मोटर्स प्रा.लि.ले नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी जिली EX5 म्याक्समा आकर्षक विशेष बिक्री योजना सार्वजनिक गरेको छ। कम्पनीले “न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स” शीर्षकमा योजना ल्याएको हो।
कम्पनीका अनुसार यो योजना चैत १, २०८२ देखि वैशाख ७, २०८३ सम्म लागू हुनेछ। यस अवधिमा जिली EX5 म्याक्स खरिद गर्ने ग्राहकले विभिन्न उपहार र सुविधाहरू प्राप्त गर्नेछन्।
योजनाअन्तर्गत ग्राहकले दुई जनाका लागि ६ रात ७ दिनको थाइल्यान्ड भ्रमण प्याकेज पाउनेछन्। साथै, स्मार्ट कफी मेसिन, एडाप्टेबल चार्जर, आकर्षक नगद छुट तथा सहज फाइनान्स सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।
त्यसैगरी, ग्राहकले एक वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स र एक वर्षको निःशुल्क सडक कर सुविधा पनि पाउनेछन्।
एलआरआर मोटर्सका सेल्स एन्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार नयाँ वर्षको अवसरमा ग्राहकलाई थप विशेष अनुभव प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो। उनले विद्युतीय सवारीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै थाइल्यान्ड भ्रमणदेखि बीमा, करलगायतका सुविधा समेटिएको मूल्यवर्द्धित प्याकेज तयार गरिएको बताए।
एलआरआर मोटर्सले नेपाली बजारमा जिली EX5 इलेक्ट्रिक एसयूभी उपलब्ध गराउँदै आएको छ, जसले आधुनिक प्रविधि, सुरक्षा र प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यो योजना विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्न र ग्राहकलाई थप मूल्य दिन ल्याइएको हो।
कम्पनीले “न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स” सँगै नयाँ वर्ष सुरु गर्न इच्छुक ग्राहकलाई एलआरआर मोटर्सको शोरुममा गई यस सीमित अवधिको अफरको लाभ लिन आग्रह गरेको छ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






