
भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि औपचारिक रूपमा पहिलो पटक नेपाल प्रवेश गरेको हो ।
बोटले यसै अवसरमा भारतमा अत्याधिक रूचाइएको प्रडक्ट ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक पनि गरेको छ । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।
बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल बोटले आगामी दिनमा नयाँ नयाँ प्रडक्ट ल्याउने जानकारी दिएको छ ।
कार्यक्रमा बोटका सह-संस्थापक तथा शार्ट ट्यांक इन्डियाका शार्क अमन गुप्ताको समेत उपस्थिति रहेको थियो । उनले कार्यक्रममा बोल्दै नेपालबाट बोटल अन्तर्राष्ट्रिय रूपमा प्रवेश गरेको जानकारी दिएका थिए ।
यस्तै टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउने जानकारी दिए ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
ग्राहकको माग बढेपछि एनटी फाइबरका लागि अनलाइन पोर्टल सञ्चालनमा
नौ ईआरपी कम्पनीसँग एपीआई बैंकिङ प्लेटफर्म र्यापिडको साझेदारी
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
