
भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोट औपचारिक रूपमा नेपाल प्रवेश गरेको छ । यसअघि नै बोटका उत्पादन नेपालमा उपलब्ध भएपनि औपचारिक रूपमा पहिलो पटक नेपाल प्रवेश गरेको हो ।
बोटले यसै अवसरमा भारतमा अत्याधिक रूचाइएको प्रडक्ट ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक पनि गरेको छ । उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुनेछ ।
बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल बोटले आगामी दिनमा नयाँ नयाँ प्रडक्ट ल्याउने जानकारी दिएको छ ।
कार्यक्रमा बोटका सह-संस्थापक तथा शार्ट ट्यांक इन्डियाका शार्क अमन गुप्ताको समेत उपस्थिति रहेको थियो । उनले कार्यक्रममा बोल्दै नेपालबाट बोटल अन्तर्राष्ट्रिय रूपमा प्रवेश गरेको जानकारी दिएका थिए ।
यस्तै टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउने जानकारी दिए ।
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
टिङटिङले ल्यायो एआई-नेटिभ कल सेन्टर सोलुसन






