एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरु वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको हो ।
यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान)को नियम अनुरुप जारी भएको हो । दूरसञ्चार सेवाहरु बाहेक विभिन्न महत्वपूर्ण कामहरु जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।
एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न अनुरोध गरेको छ ।
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
टिङटिङले ल्यायो एआई-नेटिभ कल सेन्टर सोलुसन
हुवावेको पहल: विश्वभरका १७ करोड मानिससम्म डिजिटल पहुँच विस्तार
एप्पलले सार्वजनिक गर्यो सस्तो ल्यापटप ‘म्याकबुक नियो’, कति छ मूल्य ?
‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौं’
टिकटक र निर्वाचन आयोगबीच सहकार्य
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने





-1773720653.jpg)
