व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रुपान्तरणले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेट पेमार्फत ७१४ अर्ब रूपैयाँ भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ जुन गत आर्थिक वर्षमा भएको रु ८०० अर्बको कारोबार तुलनामा उल्लेखनिय वृद्धि हो । यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले डिजिटल भुक्तानीको लागि ऋइच्एइच्ब्त्भ्एब्थ् प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ ।
कर्पोरेट पेको मल्टी बैंकिङ्ग डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरु उल्लेखनिय रुपमा वृद्धि भइरहेको हो । उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्थाहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु लगायत विभिन्न संस्थाहरुले प्रयोग गर्दै आइरहेका छन् ।
यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क यूटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिकं गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ्ग म्यान्डेटहरु सेट गरी फण्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ । सो प्रणालीमा रियल टाइममा प्रति कारोबार रु. १ करोड (सोही बैंक वित्तीय संस्था) तथा रु.२० लाख (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन्–रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म कारोबार सिमा रहेको छ ।
व्यवसायहरुले corporatepay.connectips.com बाट कम्पनीको विवरण दाखिला गरी प्रयोगकर्ताहरुको hierarchical roles निर्धारण गरी बैंकको विवरण राखेर अनलाइन रजिष्ट्रेसन प्रकृया सम्पन्न गर्न सक्नेछन् ।
त्यसपछि सम्बन्धित बैंकले रजिष्ट्रेसन अप्रुभ गरेपछि पेश गएिको विवरण वा बैंक सँग उपलब्ध कागजातहरुको आधारमा, एक्टिभेसन प्रकृया सम्पन्न हुन्छ । साथै, व्यवसायहरुले बैंकमा सम्पर्क गरी म्यानुअल इनरोलमेन्ट गर्न पनि सक्दछन् ।
टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी
टिङटिङले ल्यायो एआई-नेटिभ कल सेन्टर सोलुसन
हुवावेको पहल: विश्वभरका १७ करोड मानिससम्म डिजिटल पहुँच विस्तार
एप्पलले सार्वजनिक गर्यो सस्तो ल्यापटप ‘म्याकबुक नियो’, कति छ मूल्य ?
‘आईटी अब सबै दलहरूको साझा एजेन्डा हो, घोषणापत्रमा सीमित नराखी कार्यान्वयनमै लैजान्छौं’
टिकटक र निर्वाचन आयोगबीच सहकार्य
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने





-1773720653.jpg)
