व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिजिटल रुपान्तरणले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेट पेमार्फत ७१४ अर्ब रूपैयाँ भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ जुन गत आर्थिक वर्षमा भएको रु ८०० अर्बको कारोबार तुलनामा उल्लेखनिय वृद्धि हो । यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले डिजिटल भुक्तानीको लागि ऋइच्एइच्ब्त्भ्एब्थ् प्रयोग गर्ने प्रवृत्ति बढिरहेको देखिएको छ ।
कर्पोरेट पेको मल्टी बैंकिङ्ग डिजिटल पेमेन्ट तथा फाइनान्सियल सर्भिसेस्ले गर्दा प्रयोगकर्ताहरु उल्लेखनिय रुपमा वृद्धि भइरहेको हो । उक्त प्रणाली साना तथा मझौला व्यावसायिक संस्थाहरु, सरकारी तथा गैर–सरकारी संस्थाहरु, वित्तीय संस्थाहरु लगायत विभिन्न संस्थाहरुले प्रयोग गर्दै आइरहेका छन् ।
यस प्रणालीबाट फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष, बल्क यूटिलिटी भुक्तानी, क्रेडिटर सेटलमेन्ट लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
साथै यस प्रणालीको एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिकं गरी भुक्तानीका लागि आवश्यक अप्रेटिङ्ग म्यान्डेटहरु सेट गरी फण्ड तथा रिसिभेवल व्यवस्थापन गर्न सकिन्छ । सो प्रणालीमा रियल टाइममा प्रति कारोबार रु. १ करोड (सोही बैंक वित्तीय संस्था) तथा रु.२० लाख (अन्य बैंक वित्तीय संस्था) सम्म तथा नन्–रियल टाइम कारोबारको हकमा रु २० करोड सम्म कारोबार सिमा रहेको छ ।
व्यवसायहरुले corporatepay.connectips.com बाट कम्पनीको विवरण दाखिला गरी प्रयोगकर्ताहरुको hierarchical roles निर्धारण गरी बैंकको विवरण राखेर अनलाइन रजिष्ट्रेसन प्रकृया सम्पन्न गर्न सक्नेछन् ।
त्यसपछि सम्बन्धित बैंकले रजिष्ट्रेसन अप्रुभ गरेपछि पेश गएिको विवरण वा बैंक सँग उपलब्ध कागजातहरुको आधारमा, एक्टिभेसन प्रकृया सम्पन्न हुन्छ । साथै, व्यवसायहरुले बैंकमा सम्पर्क गरी म्यानुअल इनरोलमेन्ट गर्न पनि सक्दछन् ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
ग्राहकको माग बढेपछि एनटी फाइबरका लागि अनलाइन पोर्टल सञ्चालनमा
नौ ईआरपी कम्पनीसँग एपीआई बैंकिङ प्लेटफर्म र्यापिडको साझेदारी
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
