लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुने भएको छ ।
प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण डिशहोम गो एप र एक्सन स्पोर्ट्स एचडी–१ टेलिभिजन च्यानलमार्फत गरिने भएको आयोजकले जनाएको छ । यसले देश तथा विदेशमा रहेका फुटबल प्रेमी दर्शकहरूलाई घरमै बसेर खेलको प्रत्यक्ष आनन्द लिन सहज बनाउने विश्वास आयोजकको छ ।
बेसीशहर–सहजीस्थित खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा देशभरका १६ टिम सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १२ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँ हात पार्नेछ । त्यसैगरी, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५–२५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ उपाधिसहित १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभागीय टिम एपीएफ फुटबल क्लब, सुन्दरबजार फुटबल क्लब, एनआरटी, भानु युनाइटेड, सूर्यपुर चितवन, लमजुङ मर्स्याङ्दी, सातदोबाटो फुटबल क्लब, लालीगुराँस लगायत क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने
नेपाल टेक रोडशो यूएसए २०२६ सम्पन्न, नेपालको आईटी क्षमता विश्वसामु प्रस्तुत
नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने
टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ सुरु
सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
मुक्तिनाथ विकास बैंकको सीईओ मानन्धरद्वारा पदभार ग्रहण
