नेपालको डिजिटल पूर्वाधार विस्तार गर्दै समावेशी आर्थिक विकासलाई गति दिन विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडसँगको साझेदारीमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र यसको सहायक संस्था डाटा वर्ल्ड लिमिटेडमा २९ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।
यस लगानीमार्फत नेपालको फाइबर नेटवर्क विस्तार गर्ने र देशभर अत्याधुनिक डाटा सेन्टरहरूको विकास गरिनेछ, जसले ग्रामीण भेगका सर्वसाधारणलाई समेत उच्चगति इन्टरनेट पहुँचमा जोड्ने लक्ष्य लिएको छ।
‘वर्ल्डलिंकमा हामी विश्वस्त छौं कि जडान नै अवसरसम्मको पुल हो,’ वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले भने, ‘आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको यो रणनीतिक साझेदारीले नेपालको डिजिटल भविष्यलाई थप बलियो बनाउनेछ।’
डाटा सेन्टर पूर्वाधार नेपालको आगामी प्रविधि-केन्द्रित अर्थतन्त्रको मुख्य आधार बन्ने अपेक्षा गरिएको छ। यो साझेदारी अन्तर्गत नेपालमै पहिलोपटक EDGE प्रमाणित डाटा सेन्टरको निर्माण हुने बताइएको छ।
‘नेपाल सरकारको १६औं राष्ट्रिय योजना र डिजिटल नेपाल फ्रेमवर्कमा आधारित यो लगानीले देशको समग्र डिजिटल पहुँच विस्तारमा टेवा पुर्याउनेछ,’ आईएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक इमाद एन. फाखौरीले भने, ‘हामी ग्रामीण भेगमा इन्टरनेट पहुँच वृद्धि र रोजगारी सृजनामार्फत समावेशी विकासमा योगदान गर्न चाहन्छौं।’
डिजिटल पूर्वाधार निर्माणमा वातावरणमैत्री प्रविधि र सुदृढ फाइबर-टु-होम प्रविधिको प्रयोग गरिनेछ। आईएफसीको सहायतामा वर्ल्डलिंकले महिलाको कार्यक्षेत्रमा सहभागिता बढाउने योजना पनि अघि सारेको छ।
आईएफसीका एशिया तथा प्रशान्त क्षेत्रका पूर्वाधार तथा प्राकृतिक स्रोत निर्देशक विक्रम कुमारका अनुसार नेपालको डिजिटल क्षेत्रमा नवप्रवर्तन र वृद्धिको अपार सम्भावना छ। ग्रामीण क्षेत्रमा ब्रडब्यान्ड पूर्वाधार अभाव भएकाले डाटा सेन्टरले ठूलो भूमिका खेल्नेछ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोरख रानाले वर्ल्डलिंक, डाटा वर्ल्ड, आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीचको यो ऐतिहासिक सहकार्यले नेपालको इन्टरनेट पहुँच र डाटा सेन्टर क्षमतामा क्रान्तिकारी परिवर्तन ल्याउने बताए ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
ग्राहकको माग बढेपछि एनटी फाइबरका लागि अनलाइन पोर्टल सञ्चालनमा
नौ ईआरपी कम्पनीसँग एपीआई बैंकिङ प्लेटफर्म र्यापिडको साझेदारी
सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’
