नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । एक औपचारिक समारोहबीच महानायक राजेश हमालले सि–कारको शुभारम्भ गरेका छन् ।
सि–कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुबिधा एकै स्थानमा उपलब्ध भएको सि कारका सँस्थापक रोशन घिमिरेले बताए ।
शुभारम्भका अवसरमा महानायक हमालले सवारी साधनसम्बन्धि एकै थालेमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए ।
कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको विवाइडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सि–कारमा विभिन्न ब्राण्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् ।
कम्पनीले सवारी खरिदबिक्रीका साथै सि–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ धेरै विद्युतीय सवारी चार्ज गर्न सकिनेछ । कम्पनीले यसका लागि दु्रत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सि–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सि–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन् ।
कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रुपमा सम्पूर्ण जिम्मेवारी लिनेछन् । “ग्राहकहरु अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रुपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौँ”, घिमिरेले भने ।
साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक नि:शुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सि–कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।
कम्पनीले ग्राहकहरुलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सि–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ । ४ रोपनी क्षेत्रमा फैलिएको सि कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
नेपालमै बनेको इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य सार्वजनिक, के के छन् सुविधा ?
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
५० लाखसम्मका गाडीमा मुल्य घट्ने अर्थमन्त्री स्वणिम वाग्लेको दाबी
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
