नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउँदै छ।
नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ।
क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट परफर्मेन्समार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ। वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेक चोटि परफर्मेन्स र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ।
क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ। अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।
यस महत्त्वपूर्ण अवसरमा, हुन्डाई नेपाल, क्रेटाको सफलताको लागि सम्पूर्ण ग्राहकवर्ग, डिलर तथा साझेदारहरूलाई हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनहरुमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ, हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको छ।
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य
हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन बीएमएस अपडेटको घोषणा
स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी
हुन्डाई मोटर कम्पनीले आफ्नो ५७ औँ वार्षिकोत्सव मनायो
