नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउँदै छ।
नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ।
क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट परफर्मेन्समार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ। वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेक चोटि परफर्मेन्स र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ।
क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ। अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।
यस महत्त्वपूर्ण अवसरमा, हुन्डाई नेपाल, क्रेटाको सफलताको लागि सम्पूर्ण ग्राहकवर्ग, डिलर तथा साझेदारहरूलाई हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनहरुमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ, हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको छ।
दिपल एस ०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च
गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण
बजाज प्रिमियर लिग: मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव
ह्युन्डाई नेपालद्वारा ‘फेस्टिभ डिलाइट २०८१’ को विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण
नाडा अटो शो २०२५ मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू
मंगरबारदेखि दिपलको उड्ने ट्याक्सी नाडो अटो शोमा, प्रधानमन्त्रीबाट सार्वजनिक हुँदै





