नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दसैँ र तिहारजस्तानेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सार्वजनिक गरेको छ ।
सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ ।त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो ।
यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ ।
यस क्याम्पेनका मुख्य आकर्षणहरू
- जति धेरै रन, त्यति धेरै पुरस्कार
- सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार
- Player of the Week बन्ने ग्राहकलाई रु= १ लाख नगद
- चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर
यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् ।
यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रन्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनीले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउने बताए ।
यसले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिनेछ ।
त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ ।
यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
एलआरआर मोटर्सद्वारा ‘न्यू इनर्जी, न्यू जर्नी एन्ड न्यू एक्सपिरियन्स’ योजना सार्वजनिक
इन्जिनको आयु बढाउने 'नानो इनरजाईजर'
विद्युतीय कमर्सियल सवारीका लागि ससीला मोटर्स र ओम्नी (काबरा) ग्रुपबिच सहकार्य
हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन बीएमएस अपडेटको घोषणा
स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी
हुन्डाई मोटर कम्पनीले आफ्नो ५७ औँ वार्षिकोत्सव मनायो
दिपल एस ०७ आईसिएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शुन्य खर्च





-1773720653.jpg)
