सन् २०१२ मा स्थापना भएदेखि नै एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकालेर रोचक र वास्तविक जीवनका अनुभवहरूमा रूपान्तरण गरिरहेको छ, जसले विद्यार्थीहरुमा गणितको डरलाई हटाउँछ।
यस मिशनलाई निरन्तरता दिँदै, अनम्याथ टिमले अगस्त ३ देखि ८ सम्म रुपन्देही जिल्लाका भैरहवा र बुटवलमा व्यापक पहुँच कार्यक्रम सञ्चालन गरेको थियो, जहाँ २५ भन्दा बढी विद्यालयहरूमा नयाँ गणित शिक्षा कार्यक्रमहरूको परिचय गराइयो ।
यस कार्यक्रममा प्रधानाध्यापकहरू, शैक्षिक संयोजकहरू र शिक्षकहरूसँग भेटघाट गरी नयाँ र व्यावहारिक सिकाइमार्फत गणितलाई कसरी रोचक र सजिलो बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको थियो।
यस कार्यक्रमको बारेमा बोल्दै, एम्बार्क अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भने "हामिलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ जस्बाट विद्यार्थीहरू नडराऊन्।। यस्तो कार्यक्रम र भ्रमणहरूले हामीलाई विद्यालयहरूको विशेष आवश्यकताहरू बुझ्न र तिनीहरूको परिस्थितिअनुसार काम गर्ने समाधानहरू सँगै बनाउन मद्दत गर्छ।"
यस कार्यक्रमले रुपन्देहीका विद्यालयहरूमा अनम्याथका अनुभवमूलक सिकाइ कार्यक्रमहरू—अनम्याथ जिल्ला योजना, गणितको कथा भन्ने, उद्यमशील गणित, र म्याथ म्युजियम जस्ता अवधारणाहरूको परिचय गराइएको थियो ।
शिक्षकहरूसँग प्रत्यक्ष कुराकानी गरेर टिमले पुरानो तरिकाले गणित पढाउँदा हुने समस्याहरूलाई समाधान गर्न र विद्यार्थीहरुको जिज्ञासा बढाउन गतिविधिहरुमा आधारित पढाउने तरिका अपनाउनु पर्ने छलफल समेत गरिएको थियो ।
लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भने "गणितलाई व्यावहारिक, रोचक र वास्तविक जीवनसँग जोड्ने यो तरिका हाम्रा विद्यार्थीहरूका लागि एकदमै उपयुक्त छ।"
यो कार्यक्रमले फरक फरक स्कुलहरूमा धेरै चासो जगाएको थियो। धेरै स्कुलहरूले प्रयोगात्मक कक्षा र आफ्ना आवश्यकता अनुसार योजना बनाउने प्रस्तावहरूको माग गरेका छन् । साथै स्कुल समूहका नेताहरूसँगको सम्पर्कले पनि यसलाई व्यापक रूपमा फैलाउने मौका दिएको छ। सहभागी भएका शिक्षकहरूले अनम्याथका अन्तरक्रियात्मक पद्धतिहरू र शिक्षकहरू गुणस्तरीय शिक्षाप्रतिको दृष्टिकोणबीचको मेलको निरन्तर प्रशंसा गरेक थिए ।
अनम्याथ टिमले प्रयोगात्मक कक्षा लिने, इच्छुक स्कुलहरूसँग निरन्तर सम्पर्क गरिरहने, र प्रत्येक स्कुलको आवश्यकताअनुसार योजना बनाउने लक्ष्य राखेको छ। यी गतिविधिहरूको आधारमा यस पहलले रुपन्देहीका कक्षाकोठाहरूमा लामो अवधिको लागि नयाँ गणित सिकाइ ल्याउने उद्देश्य राखेको छ।
मोटिफ एजुकेसन २० वर्षतर्फ: १५ हजारभन्दा बढी नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षामा जोड्दै
आइतबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह
सफ्टवेरिका कलेजका ४५० विद्यार्थी दीक्षित
नेपाल विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ साइन्स बैंगलोरबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर
क्वालिटी काठमाडौं स्कुल्सको पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग
कान्तिपुर सिटी कलेजमा बीटेक इन एआई कार्यक्रम सुरू





-1773720653.jpg)
