पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको छ ।
नेपालका उदाउँदो शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई ध्यानमा राखेर कृत्रिम बुद्धिमत्तामा राखेर बीटेक इन एआई कार्यक्रम सुरू गरिएको हो ।
कलेजका अनुसार, कार्यक्रमले विद्यार्थीलाई एआई सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान, र व्यावहारिक सीप प्रदान गर्नेछ। यसले कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, र यातायात जस्ता क्षेत्रमा प्रयोग हुने एआई–आधारित समाधान विकास गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा मेसिन लर्निङ, डिप लर्निङ, डेटा साइन्स, बिग डेटा, न्याचुरल ल्याङ्वेज प्रोसेसिङ, कम्प्युटर भिजन र रोबोटिक्स, स्मार्ट एग्रिकल्चर, हेल्थकेयर र फिनटेकमा एआईको प्रयोग रहेका छन् । प्रत्येक सेमेस्टरमा इन्डष्ट्रि प्रोजेक्ट/ रिसर्च प्रोजेक्ट र अन्तिम वर्षमा क्यापटन प्रोजेक्ट अनिवार्य हुनेछ ।
शिक्षण पद्धतिमा प्रोजेक्टमा आधारित सिकाइमा, अनुसन्धान तथा उद्योगसँग सहकार्य, प्रयोगशाला–केन्द्रित सिकाइ, र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर रहनेछ ।
यसै अवसरमा कलेजले बंगलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक प्रा. डा. मोइनुल इस्लाम जाबेरको उपस्थितिमा ‘बी.टेक. इन एआईको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा नेपालको डिजिटल अर्थतन्त्र र सामाजिक–आर्थिक विकासमा एआईको सम्भावित भूमिकाबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०२५ का लागि भर्ना खुला गरिएको छ। आवेदनका लागि प्लस टु (साइन्स) वा सो सरह उत्तीर्ण हुनुपर्नेछ ।
२५ वर्षभन्दा लामो शैक्षिक इतिहास बोकेको कान्तिपुर सिटी कलेजले हालसम्म १० हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । कलेजले बी.टेक. इन एआई कार्यक्रममार्फत नयाँ पुस्तालाई भविष्य प्रविधिमा सक्षम बनाउन अग्रसर भएको जनाएको छ।
२० अर्ब रुपैयाँ लागतको ४०० केभी प्रसारण लाइन आयोजना अघि बढ्यो, पीपीपी मोडेलमा बन्ने
नेसनल प्याब्सनसहित अभिभावक संघबिच ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ मा छलफल, सरकारसँग संवाद अघि बढाइने
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
अर्थतन्त्रलाई नयाँ दिशादिनेगरी बजेट आएको छ: अध्यक्ष पाण्डे
स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउँदा फेरि पेट्रोलियम गाडीकै खपत बढ्न सक्छ: उपाध्यक्ष श्रेष्ठ
बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ: कमलेश अग्रवाल
एसेट म्यानेजमेन्ट कम्पनीको मोडालिटी कानूनमै स्पष्ट पार्छौं: कार्यकारी निर्देशक पौडेल






