भारतको प्रतिष्ठित शैक्षिक संस्था इन्डियन इन्स्टिच्युट अफ साइन्स (आइआईएस्सी), बैंगलोर र नेपाल विश्वविद्यालयबीच विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान तथा अन्य शैक्षिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ। उक्त समझदारीपत्रमा हिजो औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।
सम्झौतामा हस्ताक्षरको अवसरमा नेपाल विश्वविद्यालयका रजिस्ट्रार डा. सूर्यराज आचार्यले बोर्ड अफ ट्रस्टीमा आधारित स्वायत्त शासकीय संरचनालगायत विश्वविद्यालयको समग्र ढाँचा र भावी योजनाबारे प्रस्तुति दिएका थिए। उनले उत्कृष्ट शैक्षिक गुणस्तर सुनिश्चित गर्न आइआईएस्सी जस्तो अन्तर्राष्ट्रिय रूपमा प्रतिष्ठित संस्थासँगको सहकार्यको महत्वमाथि प्रकाश पारे। यस अवसरमा आइआईएस्सी बैंगलोरका निर्देशक प्रा. गोविन्दन रंगराजनले नेपाल विश्वविद्यालयको विकासका लागि विभिन्न शैक्षिक तथा अनुसन्धान गतिविधिमा सहकार्य गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रा. रंगराजनले नेपाल विश्वविद्यालयले स्नातक तहमा ‘लिबरल आर्ट एण्ड साइन्स’ अवधारणाअन्तर्गत सुरु गर्न लागेको ‘एकीकृत विज्ञान’ पाठ्यक्रम संरचना आइआईएस्सीको स्नातक कार्यक्रमसँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको उल्लेख गर्दै यसले दुवै संस्थाबीच दीर्घकालीन र प्रभावकारी साझेदारीको राम्रो सम्भावना सिर्जना गर्ने बताएका छन्।
आइआईएस्सी बैंगलोरको सहकार्यप्रतिको सकारात्मक दृष्टिकोणप्रति धन्यवाद ज्ञापन गर्दै नेपाल विश्वविद्यालय संरक्षक परिषद् सदस्य तथा कार्यकारी समितिका अध्यक्ष इ. लालकृष्ण केसीले आइआईएस्सी जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यबाट प्राप्त हुने अवसरहरू विद्यार्थीको अध्ययन–अध्यापन सुधार, फ्याकल्टीको क्षमता अभिवृद्धि तथा संयुक्त अनुसन्धानका लागि सदुपयोग गरिने बताए।
आइआईएस्सी बैंगलोरको निमन्त्रणामा नेपाल विश्वविद्यालयका संरक्षक परिषद् सदस्य तथा कार्यकारी समितिका अध्यक्ष इ. लालकृष्ण केसी, रजिस्ट्रार डा. सूर्यराज आचार्य तथा स्नातक कार्यक्रमका निर्देशक डा. करण ठगुन्ना सम्मिलित तीन सदस्यीय प्रतिनिधिमण्डलले आइआईएस्सीको अन्तर्राष्ट्रिय विभाग प्रमुख, विभिन्न संकायका डीन, विभागाध्यक्ष तथा प्राध्यापकहरूसँग सहकार्यका विविध पक्षमा छलफल तथा अन्तरक्रिया गरेको थियो।
यस क्रममा नेपाल विश्वविद्यालयको टोलीले विज्ञान शिक्षक तालिम, जलवायु परिवर्तन अध्ययन, दिगो प्रविधि विकास तथा विज्ञान–प्रविधि सीप विकासलगायत क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न कर्नाटकाको चल्लाकेरमा अवस्थित आइआईएस्सीको नयाँ क्याम्पसको अवलोकन–भ्रमणसमेत गरेको जनाएको छ।
ग्लोबल स्मार्ट प्लस: लाइभ मार्केटदेखि व्यक्तिगत सेयर लगानी ट्रयाक गर्न सक्ने सुविधा
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एपबाटै अब आईपीओ भर्न सकिने
माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना हुँदै, लेखा र व्यवसायको भविष्यमा छलफल हुने
नेपालीको दैनिकीसँग जोडिएको डिजिटल प्लेटफर्म इसेवा
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रम सीपको शुरुवात
सिबिफिनको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ

-1769682233.jpg)
