बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सले ४५० विद्यार्थी दीक्षित गरेको छ । ३० जनवरीका दिन झम्सीखेलस्थित 'द प्लाजा'मा 'दीक्षान्त समारोह २०२६' नामक कार्यक्रम गर्दै कलेजले ४५० बढीलाई दीक्षित गरेको हो ।
दीक्षित हुनेमा स्नातकोत्तरको ब्याच २ र ३, कम्प्युटिङ र इथिकल ह्याकिङका ब्याच ३२ र ३३ का विद्यार्थी रहेका छन् । यससँगै सबै विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय डिग्रीहरू प्राप्त गरेका छन् ।
कलेजको दीक्षान्त कार्यक्रममा कोभेन्ट्री विश्वविद्यालयका एकेडेमिक डीन तथा कलेज अफ इन्जिनियरिङ, साइन्स एण्ड इन्भाइरोन्मेन्टका प्रमुख डा. रेबेका बट्लर, कोभेन्ट्री युनिभर्सिटी ग्रुपकी एकेडेमिक प्रो भाइस चान्सलर ज्यास्मिन सामराको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको पनि उपस्थिति रहेको थियो । उनले दीक्षित भएका विद्यार्थीहरूलाई बधाई दिँदै नेपाल र विश्वबजारमा दक्ष आईटी जनशक्तिहरूको बढ्दो मागमा रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै सफ्टवेरिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूको उपलब्धिप्रति गर्व व्यक्त गरे । उनले धेरै विद्यार्थीहरूले दीक्षित हुनुअघि नै रोजगारी सुरक्षित गरिसकेको उल्लेख गर्दै यसले कलेजको उद्योग केन्द्रित पाठ्यक्रम, व्यावहारिक सिकाइ पद्धति र बलियो करियर सपोर्ट सिस्टमलाई प्रतिबिम्बित गरेको बताए ।
सफ्टवेरिका कलेजले कम्प्युटिङ, इथिकल ह्याकिङ र नवप्रविधिहरूका कार्यक्रमहरूमार्फत आफूलाई नवप्रवर्तनकारी शैक्षिक संस्थाको रूपमा स्थापित गर्दै आएको छ । संस्थाले अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र विश्वव्यापी एक्स्पोजर पहलहरूमा विद्यार्थीहरूको सहभागितालाई सक्रिय रूपमा प्रोत्साहन दिँदै आएको छ ।
पुल्चोक क्याम्पसमा तीनदिने एआई तथा मेसिन लर्निङ कार्यशाला आयोजना हुँदै
हुन्डाई नेपालद्वारा क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेञ्ज बढाउन बीएमएस अपडेटको घोषणा
बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर
बानेश्वरको कात्यायनी चोकमा ‘करेन्ट मार्ट’ सञ्चालनमा, यसोदा फुड्सका सम्पूर्ण भेराइटीका उत्पादन एकै छानामुनि
स्कोडाको १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ लेगेसी
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता हुँदै, १०० भन्दा बढी परियोजना प्रदर्शनीमा



-1770001567.jpg)



