नेभिगेशन
सुरक्षा

'नेप्सेएआई' एप डाउनलोड गर्दा गुम्न सक्छ लाखौं, सचेत रहन प्रहरीको आग्रह

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सामाजिक सञ्जालमार्फत फैलिएको ‘Nepse AI’ नामक भ्रामक मोबाइल एप डाउनलोड नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

हाल फेसबुक, इन्स्टाग्राम, टिकटकलगायतमा देखिएका विज्ञापनमार्फत उक्त एप डाउनलोड गर्न प्रेरित गराइएकामा ठगीका घटना बढिरहेको बेला प्रहरीले सर्वसाधारणलाई सचेत गराएको हो । 

प्रहरीका अनुसार, उक्त एप इन्स्टल गरेपछि रिमोट एक्सेसमार्फत प्रयोगकर्ताको डिजिटल डिभाइसमा रहेको सम्पूर्ण डेटा नियन्त्रणमा लिने र बैंक खाताबाट रकम चोरी हुने घटनाहरू भइरहेका छन् ।

एक घटनामा, ‘जोन डो’ नामका प्रयोगकर्ताले उक्त एप इन्स्टल गरेलगत्तै उनको मोबाइल स्क्रिन ब्ल्याक भएको र २८ लाख ६१ हजार रूपैयाँ विभिन्न खातामा ट्रान्सफर भएको सीआईबीले जनाएको छ।

सीआईबीले यस्ता घटनाबाट बच्नका लागि निम्न सावधानीहरू अपनाउन आग्रह गरेको छ

  1. टू–फ्याक्टर अथेण्टिकेशन कोडको प्रयोग गर्ने (सम्भव भए SMS को प्रयोग गर्न सुझाव)

  2. पासवर्ड समय–समयमा परिवर्तन गर्ने

  3. शंकास्पद लिंक वा एप (जस्तै Nepse AI) डाउनलोड नगर्ने

  4. AnyDesk, TeamViewer वा अन्य रिमोट एक्सेस एप प्रयोग नगर्ने

  5. आधिकारिक स्टोर (Google Play Store, iOS App Store) बाहेकका एप इन्स्टल नगर्ने

प्रहरीले यस प्रकारको ठगीमा परे तुरुन्त सम्बन्धित बैंक, नजिकैको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गर्न अनुरोध गरेको छ।

532005266_1179065724257645_5878095812730460195_n-1755006122.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्