नेभिगेशन
गुड न्युज

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेश कुमार श्रेष्ठ  र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितीका अध्यक्ष मनोज कुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको चाबी  प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीलाई हस्तान्तरण गरेका थिए ।  प्रमुख अतिथि कार्की र विशिष्ट अतिथि श्रेष्ठले पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको संयुक्त समुद्घाटन समेत गरेका थिए ।
 
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले मन्तव्य मार्फत अतिथिहरूको स्वागत गर्दै उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद विपद् व्यवस्थापन समितीका कार्यकारी निर्देशक रवि किरण अधिकारीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनर्निर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
 
विशिष्ट अतिथि श्रेष्ठले मन्तव्यका क्रममा आफ्नो संस्था र आफूले  नागरिकको भूमिका निभाएको, यस कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्त्वपूर्ण र समाजका लागि सकारात्मक कार्य हुने बताए । अब शीघ्र ब्रेथलाइजर  हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी गराएका थिए ।
 
प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र पदाधिकारीलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीहरूलाई कदर-पत्रले सम्मान गरेको छ । सो कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, ट्राफिक प्रहरी कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

572766325_1259982286173974_7942112967502203834_n-1761637011.jpg
573330101_1259982119507324_2154451060316625951_n-1761637008.jpg
572769355_1259982079507328_8104415324560569907_n-1761637008.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्