आउटरीच नेपालले आफ्ना एक्टिभेशन पार्टनर लेमन र डिजिटल पार्टनर डिजिटलीइनसँग मिलेर फ्लेम अवाड्र्स साउथ ईस्ट एशिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार हात पारेको छ । कार्यक्रम भारतको नयाँ दिल्लीस्थित ताज विवान्ता, द्वारकामा सोमबार सम्पन्न भएको हो ।
जितिएका अवार्डमध्ये युनिलिभरका लागि ७, सामसुङका लागि २, एनसेलका लागि २, माउण्टेन ड्युका लागि १ र शिखर इन्स्योरेन्सका लागि १ अवार्ड रहेका छन् । तीमध्ये ३ स्वर्ण, ५ रजत र ५ काँस्य अवार्ड पर्छन् ।
फ्लेम अवाड्र्सको आयोजना रुरल मार्केटिङ एसोसिएशन अफ इन्डियाले गरेको हो। व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट काम गर्ने संस्थालाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गरिन्छ ।
यस वर्षको प्रतिस्पर्धामा नेपालसहित भारत, बङ्गलादेश र थाइल्याण्डका सहभागी रहेका थिए। आयोजकका अनुसार यो पटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा बढी आवेदन प्राप्त भएको हो ।
पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्र्ट एण्ड यङ ले आधिकारिक रूपमा अडिट गरेको थियो ।
निर्णायक मण्डलको सह–अध्यक्षतामा बिस्ले इन्टरनेशनलका एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेशनल लिमिटेडका प्रबन्ध निर्देशक डा. वेङ्कट्राम वसन्तवाडा थिए। निर्णायकमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञ र भियतनाम, बङ्गलादेश, श्रीलंका, थाइल्याण्ड, नेपाल, इन्डोनेसिया तथा सिङ्गापुरका १५ भन्दा बढी दक्षिणपूर्वी एशियाली विज्ञ सहभागी थिए ।
यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै आउटरीच नेपालका संस्थापक उजय शाक्यले क्लाइन्ट पार्टनरहरूको निरन्तर सहकार्य र विश्वासका लागि धन्यवाद दिँदै टिमको समर्पण र सिर्जनशीलताका कारण यी अवार्ड जित्न सफल भएको बताए। “मेरो टिमको समर्पण, सिर्जनशीलता र जोशले मलाई हरेक दिन प्रेरणा दिन्छ,” उनले भने ।
नेपालमा ‘हल्ट प्राइज नेशनल्स २०२६’ हुँदै, ५० भन्दा बढी विद्यार्थी स्टार्टअप प्रतिस्पर्धामा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
फोनेपेको सीईओमा दिवस कुमार पुन: नियुक्त
नबिल बैंकले १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
गरिमा विकास बैंकलाई दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त
ललितपुर महानगरलाई ११ थान फोटोन TM1 हस्तान्तरण : नेपालमै पहिलो पटक फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
