आउटरीच नेपालले आफ्ना एक्टिभेशन पार्टनर लेमन र डिजिटल पार्टनर डिजिटलीइनसँग मिलेर फ्लेम अवाड्र्स साउथ ईस्ट एशिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार हात पारेको छ । कार्यक्रम भारतको नयाँ दिल्लीस्थित ताज विवान्ता, द्वारकामा सोमबार सम्पन्न भएको हो ।
जितिएका अवार्डमध्ये युनिलिभरका लागि ७, सामसुङका लागि २, एनसेलका लागि २, माउण्टेन ड्युका लागि १ र शिखर इन्स्योरेन्सका लागि १ अवार्ड रहेका छन् । तीमध्ये ३ स्वर्ण, ५ रजत र ५ काँस्य अवार्ड पर्छन् ।
फ्लेम अवाड्र्सको आयोजना रुरल मार्केटिङ एसोसिएशन अफ इन्डियाले गरेको हो। व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट काम गर्ने संस्थालाई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गरिन्छ ।
यस वर्षको प्रतिस्पर्धामा नेपालसहित भारत, बङ्गलादेश र थाइल्याण्डका सहभागी रहेका थिए। आयोजकका अनुसार यो पटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा बढी आवेदन प्राप्त भएको हो ।
पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्र्ट एण्ड यङ ले आधिकारिक रूपमा अडिट गरेको थियो ।
निर्णायक मण्डलको सह–अध्यक्षतामा बिस्ले इन्टरनेशनलका एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेशनल लिमिटेडका प्रबन्ध निर्देशक डा. वेङ्कट्राम वसन्तवाडा थिए। निर्णायकमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञ र भियतनाम, बङ्गलादेश, श्रीलंका, थाइल्याण्ड, नेपाल, इन्डोनेसिया तथा सिङ्गापुरका १५ भन्दा बढी दक्षिणपूर्वी एशियाली विज्ञ सहभागी थिए ।
यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै आउटरीच नेपालका संस्थापक उजय शाक्यले क्लाइन्ट पार्टनरहरूको निरन्तर सहकार्य र विश्वासका लागि धन्यवाद दिँदै टिमको समर्पण र सिर्जनशीलताका कारण यी अवार्ड जित्न सफल भएको बताए। “मेरो टिमको समर्पण, सिर्जनशीलता र जोशले मलाई हरेक दिन प्रेरणा दिन्छ,” उनले भने ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
