नबिल बैंकले 'एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५' मा दुई प्रतिष्ठित उपाधि जितेको छ। बैंकले 'साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल' र 'नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर' अवार्ड प्राप्त गरेको हो।
बैंकले जारी गरेको विज्ञप्तिअनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाहरूप्रतिको प्रतिबद्धताका कारण यी अवार्डहरू प्राप्त भएका हुन्।
नबिल बैंकले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका लागि 'साइबर सेक्युरिटी इनोभेसन अवार्ड' प्राप्त गरेको हो। यसैगरी, देशका महत्त्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेकोले बैंकलाई 'नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर' को उपाधि दिइएको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यी अवार्डहरू सम्पूर्ण टिमको परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको परिणाम भएको बताएका छन्। उनले ग्राहक, साझेदार र सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै भविष्यमा पनि सुरक्षित र स्मार्ट बैंकिङ सेवामार्फत नेपाली बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)