कृषि उपज बजार पुर्याउन जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको छ । साथै पालिकाले आगामी भदौदेखि त्यसलाई सञ्चालन गर्ने तयारी थालेको छ ।
सङ्घ सरकारबाट प्राप्त रु २५ लाख र त्यति नै रकम थपेर नगरपालिकाले रु ५० लाखमा एम्बुलेन्स खरिद गरेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । नगरपालिका क्षेत्रमा ५०० वटा कृषि फर्म, कृषि सहकारी र कृषक समूह सक्रिय छन्भने चार हजार परिवार कृषि उत्पादनमा जोडिएका छन् ।
कृषि एम्बुलेन्स उनीहरूका उत्पादन बजार पुर्याउन उपयोग गरिने छ । नगरपालिकाले युवा र किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न अनुदान, तालिम र प्राविधिक सहयोग गर्दै आएको छ । अब बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिने उपप्रमुख शर्माले बताए ।
नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा कुश्मिसेरामा कृषि उपज सङ्कलन केन्द्र स्थापना गरेको छभने उपल्लो दमेक सर्कुवामा चिस्यान केन्द्र निर्माण गरेको छ ।
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं: अर्थन्त्री वाग्ले
नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’ सञ्चालनमा
ख्वप कलेजको टोली फ्लक्सेलले जित्यो हल्ट प्राइज नेपाल २०२६ को राष्ट्रिय उपाधि
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह






