कृषि उपज बजार पुर्याउन जैमिनी नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरेको छ । साथै पालिकाले आगामी भदौदेखि त्यसलाई सञ्चालन गर्ने तयारी थालेको छ ।
सङ्घ सरकारबाट प्राप्त रु २५ लाख र त्यति नै रकम थपेर नगरपालिकाले रु ५० लाखमा एम्बुलेन्स खरिद गरेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । नगरपालिका क्षेत्रमा ५०० वटा कृषि फर्म, कृषि सहकारी र कृषक समूह सक्रिय छन्भने चार हजार परिवार कृषि उत्पादनमा जोडिएका छन् ।
कृषि एम्बुलेन्स उनीहरूका उत्पादन बजार पुर्याउन उपयोग गरिने छ । नगरपालिकाले युवा र किसानलाई व्यावसायिक कृषिमा आकर्षित गर्न अनुदान, तालिम र प्राविधिक सहयोग गर्दै आएको छ । अब बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिने उपप्रमुख शर्माले बताए ।
नगरपालिकाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासँगको सहकार्यमा कुश्मिसेरामा कृषि उपज सङ्कलन केन्द्र स्थापना गरेको छभने उपल्लो दमेक सर्कुवामा चिस्यान केन्द्र निर्माण गरेको छ ।
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं: अर्थन्त्री वाग्ले
नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’ सञ्चालनमा
