नेभिगेशन
गुड न्युज

अस्ट्रेलियाले दियो प्राधिकरणलाई विशेष ड्रोन

अस्ट्रेलियाका राजदूत साइमन अर्नेस्टले अस्ट्रेलियन डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम (डार्ट) सँग मिलेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) लाई १७ वटा विशेष ड्रोन हस्तान्तरण गरेका छन्।

अस्ट्रेलियन डार्ट टोलीले नेपाल सरकारको नेतृत्वमा नुवाकोट र रसुवा जिल्लामा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानमा समेत सहभागिता जनाएको थियो। टोलीले हस्तान्तरण गरिएका ड्रोन तथा अन्य उपकरण सञ्चालनका विषयमा नेपाली अधिकारीलाई तालिमसमेत दिएको छ। 

यी ड्रोनले विपद्को समयमा तत्काल क्षतिको आकलन, घटनास्थलको अवस्थाबारे जानकारी संकलन तथा आपत्कालीन समन्वयलाई प्रभावकारी बनाउन सहयोग गर्ने जनाइएको छ। 

यसबाट विपद् पूर्वतयारी र विपद्पछिको प्रतिकार्य क्षमता थप सुदृढ हुने प्राधिकरणले अपेक्षा गरेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गुड न्युज