भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट-चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । आज सो सडकको निरीक्षण पछि उनले काठमाडौँ जोड्ने छोटो मार्गका रूपमा रहेको थानकोट-चित्लाङ खण्ड आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए ।
यो सडकले मकवानपुरको कृषि उपज काठमाडौँसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने उनले विश्वास व्यक्त गरेका थिए । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उनले कुनै पनि आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गरे ।
मन्त्री दाहालले विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने धारणा राख्दै यो सडकसमेत आर्थिक विकासका दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुर तथा काठमाडौँबासीका लागि मात्र नभई पूर्वी नेपालसहित बाग्मती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि पनि यो सडक महत्त्वपूर्ण रहेको बताए ।
यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक बिना अवरोध शीघ्र सम्पन्न गराउन आवश्यक रहेकामा उहाँले जोड दिनए । सडक विभागका महानिर्देशक डा विजय जैसीले कुनै पनि ढिलासुस्ती हुन नदिई निर्माणलाई गति दिने प्रतिबद्धता व्यक्त गरे ।
सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्काका लागि काम अघि बढिसकेको छ । अनुगमनमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा, वुद्धिजिवी सङ्गठनका अध्यक्ष इञ्जिनियर गजेन्द्र थपलियालगायत सहभागी रहनुभएको थियो । सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि दुई प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक आठ दशमलव पाँच किमी काठमाडौँतर्फ पर्दछ ।
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं: अर्थन्त्री वाग्ले
नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’ सञ्चालनमा
