भिजिट भिसामा स्पेन गएकाबारे अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई विवरण बुझाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको स्पेनको कार्यक्रममा केही नेपालीहरू भिजिट भिसामार्फत पुगेको र स्वदेश नफर्किएको विषय संसदमा उठेपछि सिआइबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको ६ सदस्यीय समितिले असार ३१ गतेदेखि छानबिन गरिरहेको छ।
सिआइबीले अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सबैको विवरण माग गरेको थियो। कार्यालयले उक्त विवरण बुझाएको छ।
प्रधानमन्त्रीओलीसँगको प्रतिनिधि मण्डल ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ मा सहभागी हुन असार १४ गते काठमाडौंबाट सेभिल्लाका लागि प्रस्थान गरेको थियो।उक्त भ्रमणदल असार २० गते काठमाडौं फर्किएको थियो।
सिआइबीले नयाँ दिल्लीस्थित स्पेनको दूताबाससँग उक्त कार्यक्रममा सहभागी हुन गएकाहरू सबैको भिसा विवरण माग गरेको छ।
इसेवा ह्याकाथन २०२६ सौराहामा सम्पन्नः नवप्रवर्तन, प्रविधि र दिगो भविष्यका समाधानहरूको खोजी
५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएका छौं: अर्थन्त्री वाग्ले
नीति तथा कार्यक्रमप्रति क्रसर व्यवसायीको स्वागत, नवीकरण समस्या समाधान र स्पष्ट कानुनको माग
अनामनगरमा ‘एभरेष्ट कफी बिन्स’ सञ्चालनमा
ख्वप कलेजको टोली फ्लक्सेलले जित्यो हल्ट प्राइज नेपाल २०२६ को राष्ट्रिय उपाधि
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न 'सुझाव संकलन पोर्टल' सञ्चालनमा
आगामी बजेटका लागि नास आईटीको सुझाव: लगानी प्रोत्साहनदेखि पूर्वाधारमा लगानी गर्न आग्रह






