अष्ट्रेलियाको भिक्टोरिया सरकारले प्रदान गर्ने ‘भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्ड २०२६’ को फाइनलिस्टमा नेपाली कुशल पौडेल परेका छन् ।
स्टडी मेलवर्नले सार्वजनिक गरेको सात विधाका २२ फाइनलिस्टमध्ये पौडेल ‘एमर्जिङ लिडर – इन्टरनेशनल एलुम्नाई अवार्ड’ का अन्तिम तीन प्रतिस्पर्धीमध्ये एक हुन् । उनी यस विधाका एक्ला नेपाली फाइनलिस्ट हुन् ।
नेपालको बर्दियामा जन्मिएका पौडेल सन् २०१८ मा अष्ट्रेलिया पुगेका थिए । उनले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको बलारात क्याम्पसबाट ब्याचलर अफ नर्सिङ पूरा गरेका हुन् । हाल उनी स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुका साथै बेस्ट नर्सिङ एजेन्सी (BNA) का सह–संस्थापक तथा डाइरेक्टर अफ क्लिनिकल सर्भिसेस हुन् ।
पौडेलले बलारात नेपाली फुटबल क्लब (BNFC) स्थापना गरी नेपाली समुदाय र स्थानीय समुदायबीचको सम्बन्ध विस्तारमा पनि योगदान दिएका छन् । क्लबले विभिन्न फुटबल प्रतियोगिता तथा युवा कार्यक्रम आयोजना गर्दै आएको छ ।
त्यस्तै, उनले पोडकास्टमार्फत बलारातको बहुसांस्कृतिक समुदाय र नेपालसँग सम्बन्धित सामाजिक पहलका विषयमा संवाद गर्दै आएका छन् ।
‘एमर्जिङ लिडर’ विधामा पौडेलसँगै RMIT University का डा. अलिरेजा हैदरियन र Southern Cross Education Institute की शुलाङ रोय फाइनलिस्ट छन् ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
एनसेलपछि एनटीसीले पनि ल्यायो सब्सक्रिप्सनमा आधारित प्याकेज
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
