अष्ट्रेलियाको भिक्टोरिया सरकारले प्रदान गर्ने ‘भिक्टोरियन इन्टरनेशनल एजुकेशन अवार्ड २०२६’ को फाइनलिस्टमा नेपाली कुशल पौडेल परेका छन् ।
स्टडी मेलवर्नले सार्वजनिक गरेको सात विधाका २२ फाइनलिस्टमध्ये पौडेल ‘एमर्जिङ लिडर – इन्टरनेशनल एलुम्नाई अवार्ड’ का अन्तिम तीन प्रतिस्पर्धीमध्ये एक हुन् । उनी यस विधाका एक्ला नेपाली फाइनलिस्ट हुन् ।
नेपालको बर्दियामा जन्मिएका पौडेल सन् २०१८ मा अष्ट्रेलिया पुगेका थिए । उनले अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीको बलारात क्याम्पसबाट ब्याचलर अफ नर्सिङ पूरा गरेका हुन् । हाल उनी स्वास्थ्य क्षेत्रमा कार्यरत हुनुका साथै बेस्ट नर्सिङ एजेन्सी (BNA) का सह–संस्थापक तथा डाइरेक्टर अफ क्लिनिकल सर्भिसेस हुन् ।
पौडेलले बलारात नेपाली फुटबल क्लब (BNFC) स्थापना गरी नेपाली समुदाय र स्थानीय समुदायबीचको सम्बन्ध विस्तारमा पनि योगदान दिएका छन् । क्लबले विभिन्न फुटबल प्रतियोगिता तथा युवा कार्यक्रम आयोजना गर्दै आएको छ ।
त्यस्तै, उनले पोडकास्टमार्फत बलारातको बहुसांस्कृतिक समुदाय र नेपालसँग सम्बन्धित सामाजिक पहलका विषयमा संवाद गर्दै आएका छन् ।
‘एमर्जिङ लिडर’ विधामा पौडेलसँगै RMIT University का डा. अलिरेजा हैदरियन र Southern Cross Education Institute की शुलाङ रोय फाइनलिस्ट छन् ।
आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन विधामा सेमिफाइनालिस्ट सार्वजनिक
नेपाल टेलिकमको एनपीएल अनलिमिटेड प्याकेज: ५९९ रुपैयाँमा दैनिक ८ जीबी डेटा
आईसीसीको मान्यता, डीआरएस र विश्वस्तरीय खेलाडीसहित सोमबारदेखि एनपीएलको तेस्रो सिजन
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था
नबिल बैंकको भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
नेपाल प्रिमियर लिगको टेलिकम पार्टनरमा नेपाल टेलिकम
