नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि मासिक रूपमा स्वतः नवीकरण हुने Subscription-Based Model अन्तर्गत विभिन्न प्याकेज सञ्चालनमा ल्याएको छ। यस व्यवस्था अन्तर्गत सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय (Subscribe) गरिरहनुपर्ने आवश्यकता रहने छैन।
सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्को पटक देखि ग्राहकको मोबाइल व्यालेन्स रकमको आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ । नेपाल टेलिकमले यसका लागि ३० दिन समयावधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ। यस अन्तर्गत रु. २९९ मा 'नमस्ते रिकरिङ २९९' प्याक उपलब्ध हुनेछ। यसमा ३०० मिनेट सबै नेटवर्कमा कल गर्न सकिने अल-नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने चार जीबी डाटा र राती ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने दुई जीबी नाइट डाटा तथा कम्पनीको नेटवर्कमा मात्र पठाउन सकिने २० वटा अन-नेट एसएमएस उपलव्ध हुनेछन् ।
त्यसैगरी रु. ४९९ मा 'नमस्ते रिकरिङ ४९९' प्याक उपलब्ध हुनेछ । यसमा ५०० मिनेट अल-नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने आठ जीबी डाटा र राती ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने चार जीबी नाइट डाटा तथा सबै नेटवर्कमा पठाउन सकिने १०० वटा अल-नेट एसएमएस उपलब्ध हुनेछन् ।
रु. ७९९ मा 'नमस्ते रिकरिङ ७९९' प्याक उपलब्ध हुनेछ। यसमा सबै नेटवर्कमा असीमित रुपमा कल गर्न सकिने सुविधा भएको अल-नेट भ्वाइस, प्रतिदिन प्रयोग गर्न सकिने १० जीवी अर्थात मासिक ३०० जीवी डाटा र ३०० वटा अल-नेट एसएमएस उपलब्ध हुनेछन् ।
यसैगरी उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकता अनुसार एड-अन प्याकेज समेत उपलब्ध गराइने छ । सो प्याकेज अन्तर्गत रु. ३० मा १ दिनका लागि १ जीबी, रु. ५० मा ३ दिनका लागि २ जीबी र रु. ९९ मा ७ दिनका लागि ४ जीबी डाटा उपलब्ध हुनेछ । सेवाग्राहीले *1415# डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याकेज खरिद गर्न सक्नु हुनेछ ।
'बजेट रुपान्तरणकारी आएको छैन, मौद्रिक नीतिबाट पनि अपेक्षा गर्न सकिँदैन'
एएमसीले बैंकिङ क्षेत्रको सबै समस्या समाधान गर्दैन, नेपाली बैंकहरू संकटमा छैनन्: नबिल बैंकका सीईओ मनोज ज्ञवाली
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला
बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल



-1782642321.png)